उत्तर 24 परगना, 3 जुलाई (हि.स.)। बारासातको एक प्रसिद्ध जुत्ता पसलको निर्माणाधिन आवासीय भवनबाट एक जना व्यक्तिको शव भेटिएको घटनाले क्षेत्रमा कोकोहोलो मच्चाएको छ। मृतकको पहिचान शुभ्रज्योति धर (41)-को रूपमा भएको छ जसले उक्त भवनको ठेकादारको रूपमा काम गरिरहेका थिए।
यो घटना गए बुधवार रातिको हो। पुलिसले बतायो, ब्यारकपुरको नयाँ बस्ती क्षेत्र निवासी शुभ्रज्योति धर बारासातस्थित उक्त प्रतिष्ठित जुत्ता कम्पनीको नवनिर्माण प्रोजेक्टका ठेकादारको रूपमा नियुक्त भएका थिए। बुधवार साँझदेखि बेपत्ता भएका धरलाई अन्य कर्मचारीहरूले खोज्न शुरू गरेका थिए। पछि तिनको शव निर्माणाधिन लिफ्टको मुनि लड़िरहेको थियो। तत्कालै पुलिसलाई सूचित गरियो। पुलिससँगसँगै दमकल विभाग अनि कम्पनीका अन्य कर्मचारीहरू पनि घटनास्थपमा पुगे। लिफ्टको चारैतिरको भित्तालाई भत्काएर शवलाई बाहिर निकालियो अनि पोस्टमर्टम गर्नको लागि बारासात मेडकल कलेज एवं अस्पतालमा पठाइयो।
स्थानीय सूत्र तथा पुलिस अनुसार शुभ्रज्योतिलाई “कमरेड” नामले चिनिन्थ्यो। तिनी विगत लामो समयदेखिकै उक्त जुत्ता कम्पनीसित सम्बन्धित बारासात तथा सोदपुर (उत्तर 24 परगना जिल्ला)-को निर्माण कार्यसित जोड़िँदै आइरहेका थिए।
यस घटनालाई लिएर कम्पनीको ड्यूटीमा तैनाथ सुपरभाइजर उत्पद भादुरीले दाबी गरे, तिनलाई मृतक व्यक्तिको बारेमा केही जानकारी छैन।
शव भेटिएपछि क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। शुभ्रज्योति त्यहाँ कसरी झरे, यदि यो दुर्घटना थियो भने पनि त्यसबेला तिनी एक्लै थिए र ? कसैले पनि तिनलाई किन देखेन ? जस्ता प्रश्नहरू प्रबल रूमा उठिरहेका छन्। मृत्युको असली कारण पत्तो चल्न सकेको छैन। बारासात थाना पुलिसले मामिलाको जाँच शुरू गरेको छ। निर्माणाधिन भवनको सीसीटीभी क्यामराको पनि जाँच गरिरहेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा