गुवाहाटी, 3 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार गाई र यसको बलिलाई लिएर कंग्रेसमाथि तीव्र हमला गरेका छन्। उनले भने, कंग्रेससित गाईको बलिविरूद्ध बोल्ने हिम्मत नै छैन। गाईको बलिदानलाई बन्द गराउनको लागि कंग्रेसलाई सात जन्म लिनुपर्छ। मुख्यमन्त्रीले बिहीवार एक कार्यक्रममा भाग लिएपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए।
मुख्यमन्त्रीले यस अवसरमा भने, समुदाय विशेषका मानिसहरूले गाईको बलिको सट्टा बाख्राको बलि चढ़ाउन्। इस्लाम धर्ममा कतै पनि गाईको बलिको उल्लेख गरिएको छैन, कुनै पनि जनावरको बलि दिन सकिन्छ। यो बयान उनले राज्यमा जारी गौहत्यालाई केन्द्र गरेर दिएका हुन् जहाँ गौरक्षाको निम्ति सरकारले कड़ा कदम उठाएको छ।
मुख्यमन्त्री सरमाले स्पष्ट पारे, उनको सरकार गौवंशको रक्षालाई लिएर प्रतिबद्ध छ र यस दिशामा कुनै पनि प्रकारको छुटकारा दिइनेछैन। उनले यो पनि भने, गाई हाम्रो आस्थाको विषय हो र यसको संरक्षणलाई लिएर सरकार पूर्ण रूपले गम्भीर अनि प्रतिबद्ध छ।
मुख्यमन्त्रीले गोरूखूटी विवादलाई लिएर भने, कंग्रेस पार्टीले सदैव उल्टो राग अपाल्छ। जुन ठाउँमा गाईको हत्या नै भएको छैन त्यसलाई लिएर राजनीति गरिरहेको छ, तर राज्यमा हजारौं गाईहरूको प्रत्येक दिनहत्या गरिँदैछ त्यसमाथि भने कंग्रेस मौन छ। यस अवधि मुख्यमन्त्रीले कंग्रेसमाथि अन्य आरोपहरू पनि लगाए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा