हुगली, 3 जुलाई (हि.स.)। हुगली जिल्लाको वैद्यबाटीमा बिहीवार बिहान एक युगलको रगतपच्छे शव भेटिनाले क्षेत्रमा कोकोहोलो मच्चियो।
स्थानीय मानिसहरूले बताए, वार्ड नम्बर-18 स्थित सीताराम बगान क्षेत्रमा अवस्थित एउटा घरबाट बिहीवार चिच्याएको सुनियो। हतार-हतार घटनास्थलमा पुगेर हेर्दा एक जना व्यक्ति घरभित्र अनि अर्को घर बाहिर रगताम्मे अवस्थामा लड़िरहेका थिए। दुवै नै दुःखाईले छटपटिरहेका थिए। सूचना पाएर घटनास्थलमा पुगेको श्रीरामपुर थाना पुलिसले तुरून्तै दुवैलाई श्रीरामपुर वाल्श अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले उनीहरूलाई मृत घोषित गरिदिए।
मृतकहरूको पहिचान मनीष भादुड़ी (35) र अपर्णा माझी (32)-को रूपमा भएको छ। यी दुई पछिल्लो एक वर्षदेखिको एउटै घरमा बस्दै आइरहेका थिए। मनीषले एक ढलाई फ्याक्ट्रीमा काम गर्थे भने अपर्णाले घरेलु सहायिकाको रूपमा काम गर्थिन्। यिनीहरु सँधै नै बिहान घरबाट आ-आफ्नो काममा जान्थे अनि राति फर्किन्थे।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै चन्दन नगर पुलिस कमिश्नरेटका डीसीपी (श्रीरामपुर) अर्णब विश्वास, एसीपी शुभंकर विश्वास औ श्रीरामपुर थानाका प्रभारी अधिकारी घटनास्थलमा पुगेर जाँच शुरू गरे।
पुलिसले घटनास्थल वरपरका सबै सीसीटीभी फुटेजको जाँच गरिरहेको छ। अहिलेसम्म यो स्पष्ट हुन सकेको छैन, दुवैको मृत्यु हत्या हो वा आत्महत्या।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा