हावड़ाको पिच फ्याक्ट्रीमा आगलागी
हावड़ाको पिच फ्याक्ट्रीमा आगलागी


हावड़ा, 3 जुलाई (हि.स.)। हावड़ा जिल्लाको आलमपुर क्षेत्रस्थित एउटा पुरानो पिच फ्याक्ट्रीमा बिहिवार बिहान आगो लाग्यो। आगोलाई नियन्त्रण गर्नको लागि दमक विभागका चारवटा वाहनहरू घटनास्थलमा जुटे। तर यो समाचार लेखुञ्जेलसम्म पनि आगोलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिएको थिएन।

स्थानीय मानिसहरूले बताए मुताविक सदा जस्तै बिहिवार फ्याक्ट्रीमा काम भइरहेको थियो। अचानक उनीहरूले फ्याक्ट्रीबाट धुँवा निक्लिरहेको देखे। मानिसहरूले नजिकमा पुगेर हेर्दा भित्र आगो दनदनी बलिरहेको देखे। तुरून्त पुलिस अनि दमकललाई सूचित गरियो।

शुरुमा दमकलको एउटा इञ्जन घटनास्थला पुग्यो, तर आगोको तीव्रतालाई ध्यानमा राखेर इञ्जनको संख्या बढ़ाइयो। आगोलाई नियन्त्रण गर्नको लागि दमकलकर्मीहरूलाई कड़ा संघर्ष गर्न परिरहेको छ। आगलागीको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। आगोलाई पूर्ण रूपले नियन्त्रण गरेपछि मात्र असली कारण सामु आउनसक्छ। प्रारम्भिक अनुमानमा शर्ट सर्किटको कारणले आगलागी भएको हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande