ब्यारकपुर पुलिस कमिश्नरेटमा सड़क सुरक्षा सप्ताह आरम्भ
ब्यारकपुर पुलिस कमिश्नरेटमा सड़क सुरक्षा सप्ताह आरम्भ


ब्यारकपुर, 03 जुलाई (हि. स.)। ब्यारकपुर पुलिस कमिश्नरेटद्वारा सड़क सुरक्षा सप्ताहको आयोजन गरिएको छ जसको उदेश्य नागरिकहरूलाई ट्राफिक नियमहरूप्रति जागरूक गराउनु अनि सड़क दुर्घटनाहरूको रोकथामलाई सुनिश्चित गर्नु हो। यस अभियानलाई नागेरबाजार निमता, डनलप, सोदपुर, ब्यारकपुर आतपुर औ कांपा गरी सटाातव ट्राफिक गार्ड क्षेत्रहरूमा क्रियान्वयन गरिँदैछ जहाँ 42 वटा कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको छ जुन साताभरि नै विभिन्न चरणहरूमा संचालन हुनेछन्।

स्कूलहरूमा विद्यार्थीहरूलाई लिएर विशेष जाररूकता सत्र आयोजना गरिनेछ जसमा सड़क पार गर्ने नियम, ट्राफिक सिग्नलको पहिचान तथा सड़कमा सुरक्षित आचरण आदि विषयमा जानकारी गराइनेछ। स्थानीय नागरिकहरूलाई लिएर ऱ्याली आयोजना गरिनेछ। यस अवधि रक्तदान शिविर पनि आयोजना गरिनेछ जसले सामाजिक उत्तरदायित्व अन्तर्गत मानिसहरूलाई प्रेरित गर्दै आइरहेको छ। चालकहरूको लागि प्रशिक्षण कार्यक्रम, जनतालाई जानकारी गराउनको लागि पम्पलेट वा लिफलेट वितरण, हेल्थ चेकअप क्याम्पको माध्यमबाट ट्राफिक कर्मी एवं वाहन चालकहरूको स्वास्थ्य परीक्षण तथा दुई चक्के वाहन चालकहरूलाई नि:शुल्क हेलमेट वितरण जस्ता कार्यक्रमहरूलाई पनि यस अवसरमा समावेश गरिएको छ।

स्थानीय मानिसहरूले पुलिसको यस पहललाई स्वागत गरेका छन् तथा सामाजिक स्तरमा यसलाई एक जिम्मेवारी कदम मानिँदैछ। ब्यारकपुर पुलिसले अपील गरेको छ, सबै नागरिकहरू यी कार्यक्रमहरूमा सहभागी होइन् अनि अन्यलाई पनि ट्राफिक निमहरूको पालन गर्नका लागि प्रेरित गरून् ताकि सड़क सुरक्षित रहन सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande