इम्फाल, 3 जुलाई (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले बितेको 24 घण्टाभित्रमा राज्यभरि नै संचालित अभियानहरूको क्रममा उपत्याका आधारित प्रतिबन्धित संगठनहरूसित जोड़िएका तीन जना विद्रोहीहरूलाई पक्राउ गरे।
पुलिस प्रवक्ताले बिहीवार बताए, बिष्णुपुर जिल्लामा नाम्बोल पुलिसद्वारा संचालित अभियानमा 50 वर्षीय ओइनम हेमनजीत सिंह उपनाम ताइबांग सेम्बालाई पक्राउ गरियो जो पीआरईपीएके (प्रो) संगठनसित जोड़िएका छन् जसलाई मैत्रम क्षेत्रबाट पक्राउ गरिएको हो। अधिकारीहरूले उसको कब्जाबाट एउटा डिजल अटो रिक्सा र दुई वटा मोबाइल फोन जफत गरे।
दोस्रो अभियानमा वैखोंग पुलिसले काकचिंग जिल्लाको एलांग खांगपोकपी अवांग लेईकाई, मानिंग पाटबाट 47 वर्षीय लौरेम्बम सुरेश उपनाम मैरोंगबा उपनाम टोटोलाई हिरासतमा लियो। सुरेश जो केसीपी (पीडब्लूजी) गुटसित आवद्ध छन्,- लाई इम्फाल पश्चिमको हीरांगोइथोंग ओइनम लेईकाईका निवासी हुन्। उसको कब्जाबाट एउटा मोबाइल फोन पनि जफत गरियो।
सोही दिन अर्को एक जना केसीपी (पीडब्लूजी) क्याडर, 57 वर्षीय ओइनम तोम्बा सिंह उपनाम हीरोजीतलाई हियांगलाम पुलिसले काकचिंगको सेकमाइजिन मानिंग लेईकाईबाट पक्राउ गऱ्यो। इम्फाल ईस्टकोतुमुखोंग अवांग लेईकाई निवासी सिंहले कथित रूपमा काकचिंग तथा थौबल दुवै जिल्लामा इन्धन स्टेशन मालिकहरूबाट बलजफ्ती असुली गर्दै आइरहेका छन्। उसको कब्जाबाट एउटा किप्याड फोन जफत गरियो।
अधिकारीहरूले पुष्टि गरे, यी तीनै जना उग्रवादी अभियान तथा बलजफ्ती असुलीसित सम्बन्धित गतिविधिहरूमा सामेल थिए।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा