बाँकुड़ा, 03 जुलाई (हि.स.)। जिल्लाको विष्णुपुर थाना अन्तर्गत राधानगर गाउँमा बिहीवार बिहान घर नजिकै अवस्थित एउटा तलाउमा डुबेर एकजना तीन वर्षीय बालिकाको मृत्यु भयो। मृत बालिकाको पहिचान सुपरिया बाउरीको रूपमा भएको छ।
स्थानीय सूत्र अनुसार बिहान सुप्रिया आफन्तसित घरको आँगनमा खेलिरहेकी थिई। खेल्दा-खेल्दै अचानक उ सबैको नजरदेखि बच्दै घर नजिकै रहेको तलाउमा पुगी। केही क्षणपछि परिवारका सदस्यहरूले उसलाई नदेखेपछि सबैतिर खोज्न शुरू गरे अन्ततः उसलाई तलाउभित्र पसिरहेको देखियो।
परिवारका सदस्यहरूले उसलाई तुरून्त पानीबाट निकालेर राधानगर प्राइमरी हेल्थ सेन्टरमा पुऱ्याए, तर त्यहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। सुप्रियाकी आफन्त रमा बाउरीले भनिन्, उ त घरमै थिई। अचानक किन गई बुझ्नै सकिरहेको छुइनँ। हामीलाई लाग्यो, उ यहीँ छ। तर कतिबेला उ तलाउमा गयो थाहै भएन। सबै कुरा हाम्रो आँखाको अगाड़ि नै भयो, तर पनि हामीले केही गर्न सकेनौं। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा