पूर्वोत्तर रेलवे सुरक्षा बलको सतर्कतामा समातिए दुई भगौड़ा अपराधी
पूर्वोत्तर रेलवे सुरक्षा बलको सतर्कतामा समातिए दुई भगौड़ा अपराधी


कोकराझाड़ (असम), 3 जुलाई (हि.स.)। कोकराझाड़ पुलिसले सतर्कता देखाउँदै पुलिस हिरासतबाट भागेका दुईजना आरोपीहरूलाई पक्राउ गऱ्यो। बिहीवार प्राप्त जानकारी अनुसार नागाल्याण्डको नर्थ डिमापुर अन्तर्गत रालान थानाको पुलिसले गोसाई गाउँ जीआरपी प्रभारीलाई सूचना दिइयो, रालान थानाका आरोपीद्वय रशिद (22) र शुकुर अली (20) दुवैका पिता इबाद अली, निवासी- खेरपारी, थाना- उरियामघाट, जिल्ला- गोलाघलाई पुलिस हिरासतमा केरलबाट डिमापुर लगिँदथ्यो। यी दुवै अभियुक्तलाई रालान थाना काण्ड संख्या 0001/2025, धारा 140(3) बीएनएस अन्तर्गत पक्राउ गरिएको थियो।

तर यात्रा गर्ने क्रममा ट्रेन संख्या 22503 अप विवेक एक्सप्रेस गोसाई गाउँ रेलवे स्टेशनमा लगभग बिहान 09:03 बजे आइपुग्दा सोही समय दुवै अभियुक्त पुलिस हिरासतबाट भाग्न सफल भए। घटना अवधि ट्रेनभित्रै खैलाबैला मच्चियो। नागाल्याण्ड पुलिसद्वारा तुरून्त खोजी अभियान संचालन गरियो, तर अपराधीलाई समात्न सकिएन।

घटनाको जानकारी पाउनसाथ कोकराझार थाना प्रभारीले तुरून्त एएसआई गोसाई गाउँ र उनको टीमलाई सूचित गरे। एएसआई र उनको टीमको सतर्कता अनि तत्काल कारबाहीको कारणले दुवै भगौड़ा आरोपीलाई गोसाईगाउँ तिनिआली क्षेत्रबाट समातिए।

यसको सूचना तुरून्त गोसाईगाउँ जीआरपी एवं नागाल्याण्ड पुलिसलाई दिइयो अनि आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि दुवै आरोपीलाई गोसाई गाउँ जीआरपीले नागाल्या्ड पुलिसलाई सुम्पिदियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande