धुबड़ी (असम), 3 जुलाई (हि.स.)। असम पुलिसले बिहीवार भोर बिहान धुबड़ी जिल्लामा संचालित अभियान अवधि गाईको मासु तस्करी गर्ने प्रयासलाई विफल बनाउँदै लगभग 2 सय किलोग्राम प्रतिबन्धित मासु जफ्त गऱ्यो साथै यस मामिलामा एक जना आरोपीलाई पक्राउ गरियो।
गोलकगञ्जका थाना प्रभारी देबजीत कलिताको नेतृत्वमा एक टीमले गुप्त सूचनाको आधारमा बिराटनगर चारियालीस्थित नेशनल हाईवे-17 मा नम्बर बिनाको स्कुटीलाई रोक्ने प्रयास गऱ्यो। स्कुटी चालकले रोक्न सट्टा भाग्ने चेष्टा गर्नथाल्यो, तर भाग्ने क्रमा उसको स्कुटी दुर्घटनाग्रस्त भयो। स्कुटी चालक घटनास्थलबाट भाग्न सफल भए पनि अर्को व्यक्तिलाई पुलिसले समात्यो जसको पहिचान पश्चिम बंगालको बक्शीरहाट थाना अधिनस्थ मनसाई निवासी अजिजुर रहमानको रूपमा भएको छ।
स्कुटीको जाँच गर्दा दुई क्विन्टल गाईको मासुलाई स्कुटीभित्र लुकाएर राखिएको भेटियो। त्यसपछि वाहन र मासुलाई कब्जामा लिइयो।
पुलिसले शंका व्यक्त गरेको छ, यो मासु पश्चिम बंगालको सीमानाबाट असममा तस्करी गरेर लगिँदैथ्यो। मामिलाको जाँच जारी छ भने यस नेटवर्कमा सामेल अन्य मानिसहरूलाई खोजिँदैछ।
राज्यमा गाईको मासुमाथि कड़ा प्रतिबन्ध लगाइएको भएपनि तस्करीका घटनाहरू चुनौती बनिरहेका छन्। पुलिसले स्पष्ट पारेको छ, यस्ता अभियानहरूलाई अझ तीव्रता दिइनेछ ताकि सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरूमाथि लगाम लगाउन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा