नयाँ दिल्ली, 7 मार्च (हि.स.)। उत्तराखण्ड, हिमाचल प्रदेश समेत देशका केही राज्यहरूमा भइरहेको वर्षाबीच दिल्लीमा यमुना नदीको जलस्तर तीव्र गतिमा बढ़िरहेको छ। यसको जलस्तर बिहीवार अपरान्ह 1 बजेसम्ममा203.2 मीटरमा पुग्यो जुन चेताउनी बिन्दु204.5 मीटरदेखि मात्र1.3 मीटर मुनि छ। यद्यपि यमुनाको जलस्तर वर्तमानमा खतराको निशान205.33 मीटरभन्दा लगभग 2 मीटर तल छ, बढ़्दो जलस्तरलाई मध्यनजर गर्दै प्रशासन सतर्क भएको छ।
यमुनाकोजलस्तर बढ़्नुकोमुख्य कारण उत्तराखण्डमा भइरहेको घना वर्षा अनि हथिनी कुण्ड ब्यारेजबाट छोड़िएको पानी हो। हरियाणास्थित हथिनी कुण्ड ब्यारजबाट लगभग 20 हजार क्यूसेक पानी छोडिँदैछ। यसबाट यमुना नदीको पानीको मात्र द्रूत गतिमा बढ़िरहेको छ। राष्ट्रिय राजधानी दिल्लीको तल्लो क्षेत्रहरूमा बाढ़ी आउने आशंकालाई ध्यानमा राखेर स्थानीय प्रशासन अलर्ट मोडमा छ। सबै सम्बन्धित एजेन्सीहरूलाई तयार रहने निर्देश दिइएको छ।
मौसम विभागले पनि आगामी केही दिनसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना व्यक्त गरेको छ जसबाट यमुनाको जलस्तर अझ बढ़्नसक्छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा