कोलकाता, 03 जुलाई (हि.स.)। पश्चिम बंगालमा आगामी वर्ष 2026-मा सम्पन्न हुने विधानसभा चुनाउपूर्व भाजपाले नयाँ प्रदेश अध्यक्षको रूपमा शमिक भट्टचार्यलाई नियुक्त गरेको छ। दिलीप घोष र सुकान्त मजुमदार पश्चात अब बंगाल भाजपाको कमान शमिकको हातमा सुम्पिइएको छ। यस महत्वपूर्ण जिम्मेवारीलाई लिएर भाजपाले कोलकाताको साइन्स सिटीमा एक भव्य स्वागत समारोह आयोजना गरेको छ जसलाई लिएर सम्पूर्ण संगठनमा उत्साह छाएको छ।
यस आयोजनलाई ‘शमिक-वरण’- को नाम दिइएको छ र यसलाई बंगाल भाजपाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा भव्य अध्यक्ष स्वागत कार्यक्रम मानिँंदैछ। राजनीतिक जानकारहरूको मान्यता छ, वर्ष 2026-को विधानसभा चुनाउपूर्व यो समारोह पार्टीको लागि प्रचारको एउटा विशाल मञ्च बन्नसक्छ।
यस समारोहमा भाजपाका केन्द्रिय पर्यवेक्षक सुनिल बन्सल, मंगले पाण्डे र आईटी सेल प्रभारी अमित मालवीय उपस्थित रहनेछन्। साथै वरिष्ठ नेता अनि सांसद रविशंकर प्रसाद पनि गए बुधवार राती नै कोलकाता आइपुगिसकेका छन्। उनले नै शमिक भट्टचार्यलाई प्रदेश अध्यक्षको आधिकारिक प्रमाणपत्र सुम्पिनेछन्।
भाजपाको यस आयोजनबाट स्पष्ट भएको छ, पार्टी अब चुनावी मोडमा आइसकेको छ र नयाँ अध्यक्षको नेतृत्वमा बंगालमा एकपटक फेरि आफ्नो स्थितिलाई सशक्त बनाउनको लागि गम्भीर प्रयास गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा