म दिनहुँ दौड़िन्छु, तर कुनै पनि दौड़मा सामेल हुॅंदिन: दिलीप घोष
म दिनहुँ दौड़िन्छु, तर कुनै पनि दौड़मा सामेल हुॅंदिन: दिलीप घोष


कोलकाता, 3 जुलाई (हि.स.)। पश्चिम बंगाल भाजपाले नयाँ प्रदेश अध्यक्ष पाउनेवाला छ। यस पदको दौड़मा वरिष्ठ नेता दिलीप घोषको नाम पनि चर्चामा आएको थियो, तर अन्ततः पार्टीको कमान शमिक भट्टचार्यको हातमा सम्पिइयो।यस नियुक्तिपछि पहिलो पटक दिलीप घोषले यस मुद्दामा सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन्।

बिहिवार बिहान दिलीप घोष कोलकातास्थित दुर्गापुर हाउसबाट घुम्न हिँड़ेका थिए। पानी परिरहेकोले उनी बिसाउँदै एउटा मिठाई पसलमा पुगेर चौकीमा बसे। यहाँ उनलाई मिठाई खाँदै गरेको पनि देखियो। यहीँ बस्दा-बस्दै उनले पत्रकारहरूसित बातचित गरे अनि नयाँ अध्यक्षलाई लिएर कुरा राखे।

उनले भने, “मा पार्टीमा प्रवेश गर्दा शमिक भट्टचार्य पार्टीका प्रदेश महासचिव थिए र एकजना निर्वाचित जनप्रतिनिधि पनि। पार्टीले एकैसाथ दुईवटा पद दिँदैन, त्यसैले उनलाई त्यसताक प्रदेश अध्यक्ष बनाइएको थिएन। उनी विगत लामो समयदेखिकै पार्टी प्रवक्ता रहिआएका छन्। उनी एकजना राम्रो वक्ता पनि हुन्। उनले संगठनलाई सम्हाल्न सक्नेछन् भन्ने कुरा पार्टीले अनुभव गरेर नै उनलाई यो जिम्मेवारी दिइएको हो।”

उनी आफू भने अध्यक्षको दौड़बाट कसरी बाहिरिए भनी सोधिएको प्रश्नमा उनले सामान्य ढंगमा भने, “म दिनहुँ बिहान 5 बजे दौड़िन्छु, तर कुनै पनि दौड़मा सामेल हुँदिनँ। म जिल्लामा घुमिरहन्छु, कार्यकर्ताहरूसित सम्पर्कमा छु।, यही मेरो काम हो।” तथापि उनको अनुहारको भावबाट स्पष्ट रूपमा झल्किरहेको थियो, उनी पार्टीको यस फसेलासित पूर्ण रूपले सन्तुष्ट छैनन्। यो बयान यस्तो समयमा आएको छ जतिले बंगाल भाजपाभित्र नेतृत्वलाई लिएर चर्चा चुलिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande