खरसाङमा अन्तरराष्ट्रिय प्लास्टिक ब्यागमुक्त दिवस पालन
खरसाङमा अन्तरराष्ट्रिय प्लास्टिक ब्यागमुक्त दिवस पालन


खरसाङको‌ डाउहिल क्षेत्र प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा

खरसाङ, 03 जुलाई (हि.स.)। खरसाङको‌ डाउहिल क्षेत्रलाई प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा गरिएको छ। आज खरसाङको‌ डसउहिलस्थित ईको पार्कमा जीटीए प्रमुख अनित थापा र दार्जिलिङ जिल्ला शासक आईएएस डा. प्रीति गोयलको उपस्थितिमा डाउहिल क्षेत्रलाई प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा गरियो।

यस अवसरमा उनी दुवैले डाउहिलको ईको पार्क क्षेत्रको भ्रमण पनि गरेका थिए। यस भ्रमणको समय उनीहरूलाई डीएफओ आईएफएस देबेस पाण्डे र रेञ्जर अफिसर सम्बर्दा साधुले डाउहिल ईको पार्कको विषयमा विस्तृत जानकारी गराए।

यसै अवसरमा अन्तरराष्ट्रिय प्लास्टिक ब्यागमुक्त दिवस पालन गर्दै स्थानीयहरुको‌ उपस्थितिमा डाउहिलको ईको पार्कदेखि सचेतना ऱ्यालीको आयोजना गरियो। ऱ्याली डाउहिलस्थित सुवास घिसिङ स्मृति सार्वजनिक भवनसम्म आयोजना गरिएको थियो। ऱ्यालीमा जीटीए प्रमुख र दार्जिलिङ जिल्ला शासक लगायत अन्यहरुले सहभागिता जनाए।

सुवास घिसिङ स्मृति सार्वजनिक भवनमा आएर अन्तरराष्ट्रिय प्लास्टिक ब्यागमुक्त दिवस पालन गरियो। यस अवसरमा स्वनिर्भर दलहरुद्वारा प्लास्टिकमुक्त ब्यागहरु प्रदर्शन गरिएको थियो।‌ विशेष गरेर घैयाबारी ग्राम पञ्चायत तीनको तर्फबाट लुगाबाट बनिएका झोलाहरु प्रदर्शन गरिएको थियो भने उक्त झोलाहरु जिल्ला शासक र जीटीए प्रमुख लगायत अन्यहरुलाई प्रदान गरियो।

डाउहिल क्षेत्रलाई प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा गरिएपछि डाउहिल क्षेत्रका प्रत्येक घरबाट संकलन गरिने प्लास्टिकहरु खरसाङ खण्ड पञ्चायत समितिले गाडीधुरामा रिसाइकल गर्ने भएको छ।‌ यस कार्यको लागि डाउहिलको धोबीझोडा फरेस्ट भिलेजको जोइन्ट फरेस्ट म्यानेजमेन्ट कमिटी र खरसाङ खण्ड पञ्चायत समितिमाझ सम्झौतामा हस्ताक्षर गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande