कोलकाता, 03 जुलाई (हि.स.)। पश्चिम बंगालमा नक्कली प्रवर्तन निदेशालय (ईडी) अधिकारी भएर करोड़ौं रुपियाँ ठगी गरेको आरोपमा शेख जिन्ना अलीको सन्दर्भमा राजनीतिक जगतमा खैलाबैला तीव्र भएको छ। विपक्षका नेता शुभेन्दु अधिकारीले आरोपीको राज्य सरकारका मन्त्री तथा विधायकहरूसित रहेका तस्वीरहरूलाई साझा गर्दै गहन जाँच गर्ने माग गरेका छन्।
शुभेन्दु अधिकारीले एक्स (पूर्वमा ट्विटर)-मा लेखेका छन्, प्रसिद्ध ठग शेख जिन्ना अलीले नक्कली ईडी अधिकारी बनेर व्यापारीहरूबाट करोड़ौं रुपियाँ ठगेका छन्। म ईडका उच्चाधिकारीहरूसित अनुरोध गर्दछु कि उनीहरूले यस सम्पूर्ण मामिलाको निष्पक्ष अनि विस्तृत जाँच गरून् साथै आरोपीसित सम्बन्ध रहेका सबै प्रभावशाली मानिसहरूलाई पनि जाँचको घेराभित्र ल्याइयोस्।
शुभेन्दुले तृणमूल कंग्रेस सरकारमाथि धारिलो प्रहार गर्दै भनेका छन्, “पश्चिम बंगालमा बालुवा चोरी, कोइला तस्करी, गाईहरूको अवैध तस्करी, नोकरीको बिक्री, बलात्कार, हत्या, औ चुनावी लुटपछि अब नयाँ अध्याय जोड़िएको छ- नक्कली ईडी अधिकारी भएर ठगी गर्नु। यी सबै तृणमूलको सहयोग बिना सम्भव छैन। आरोपीले यो हिम्मत सरकार अनि उसका नेताहरूबाटै पाएको हो। उनले अझ भनेका छन्, ठग शेख जिन्ना अलीको शिरमाथि यदि तृणमूल नेताहरूको हात नभएको भए उसले यति ठूलो ठगीको जाल बिछाउँदैनथ्यो।
जानकारी मुताविक शेख जिन्ना अलीले आफूलाई ‘एन्टी ट्राफिकिंग कमिटी’ -को चेयरम्यान बताउँथे भने प्रायजसो अलीलाई तृणमूलका ठूल्ठूला नेताहरूको साथमा देखिन्थ्यो। यसै साता केन्द्रिय बलहरूको सहयोगमा ईडीको टीमले उसको रायनास्थित भव्य आवासमा छापामारी गरे। उसको भव्य घरलाई चारैतिरबाट घेरेर ईडी अधिकारीहरूले गहन जाँच गरे। यसको साथै कोलकाता अनि अन्य भागहरूमा अवस्थित शेखका पाँंचवटा परिसरमा पनि ईडीले छापामारी गरिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा