गान्तोक, 03 जुलाई (हि.स.)। सिक्किम सरकारको वन तथा वातावरण विभागसँगको सहकार्यमा सिक्किमका पूर्व विधायक महासंघ (एफएलएफएस) ले आज यहाँ फामबोङल्हो फरेस्ट रिजर्भ बेल्ट पाङथाङको गोलिटारमा वार्षिक वृक्षारोपण कार्यक्रम 'पर्यावरण पर्व वृक्षारोपण अभियान' आयोजन गऱ्यो। 'मेरो रुख मेरो सन्तति' र 'एक पेड माँ के नाम' पहल अन्तर्गत वृक्षारोपण अभियान सम्पन्न गरिएको थियो।
क्षेत्रका विधायक एवं संस्कृति तथा स्वास्थ्य एवं परिवार कल्याण विभागका सल्लाहकार टीटी भोटियाले आफ्नो सम्बोधनमा सार्वजनिक स्थानमा जंगली जनावरहरूको प्रवेशलाई रोक्न जंगलमा पोम्सी र भद्रासे जस्ता रूखहरू रोप्ने कार्य गरिएको बताए। उनले सबै पूर्व विधायकहरूको दीर्घायुको कामना गरे।
यसैगरी, कृषि तथा बागवानी, मत्स्यपालन, पशुपालन तथा पशु चिकित्सा सेवा विभागका मन्त्री पुरण कुमार गुरुङले आफ्नो सम्बोधनमा पूर्व विधायकहरूको मागलाई समर्थन गर्न कुनै कसर बाँकी राखिने छैन भनी आश्वासन दिए।
एफएलएफएसका अध्यक्ष डीबी ठटालले कार्यक्रममा भाग लिएकोमा क्षेत्रका विधायक भोटिया र मन्त्री गुरुङप्रति कृतज्ञता व्यक्त गरे। उनले वृक्षारोपण अभियानले मुख्यमन्त्री प्रेमसिंह तामाङको पर्यावरणीय संरक्षण र वन्यजन्तु संरक्षणप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ भनी बताए।
हिन्दुस्थान समाचार / बिशाल