प्रधानमन्त्रीलाई घानाको सर्वोच्च नागरिक सम्मान प्राप्त हुँदा गडगरीले खुशी व्यक्त गरे
गड


नयाँ दिल्ली, 03 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीलाई पश्चिमी अफ्रीकी देश घानामा सर्वोच्च नागरिक सम्मानले सम्मानित गरिँदा सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले यसलाई पूरा देशको निम्ति सम्मानको कुरा बताए।

गडकरीले सोशल मीडिया प्लेटफार्म एक्समा आफ्नो पोस्टमा भनेका छन्, यो हामी सबैको निम्ति धेरै गर्वको कुरा हो किनभने हाम्रा प्रधानमन्त्रीलाई घानाको सर्वोच्च नागरिक सम्मान 'द अफिसर अफ द अर्डर अफ द स्टार अफ घाना' ले सम्मानित गरियो। यो पूरा देशको निम्ति धेरै सम्मानको कुरा हो। यो सम्मान हाम्रा युवाहरूको आकांक्षाहरू, हाम्रो सांस्कृतिक विरासतको समृद्धि र भारत एवं घानाबीच स्थायी ऐतिहासिक सम्बन्धहरूको खुशियाली हो।

प्रधानमन्त्री मोदी हालमा आठ दिवसीय विदेश यात्रामा छन्, जसको शुरूआत घानाबाट भएको छ। यसपछि उनी त्रिनिदाद र टोबेगो, अर्जेन्टीना, ब्राजील र नामीबिया सहित पाँच देशको यात्रा गर्नेछन्। यस अवधि उनले सम्बन्धित देशहरूका राष्ट्राध्यक्षहरू र प्रमुख नेताहरूलाई भेट्नेछन्, जसमा आपसी सहयोग, विकासको मुद्दा र रणनीतिक साझेदारीमाथि चर्चा गरिनेछ। उनले ब्रिक्स शिखर सम्मेलनमा पनि भाग लिनेछन्। यात्राको रूपरेखा यस प्रकार तयार पारिएको छ कि 'ग्लोबल साउथ' लाई लिएर भारतको रणनीतिलाई अझ् अधिक सशक्त बनाउन सकियोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande