कोलकाता, 03 जुलाई (हि.स.)। राज्य सरकारद्वारा संचालित सबै कलेजहरूको संचालन समितिको कार्यकाल 6 महिनाको लागि बढ़ाइदिएको छ। यस सम्बन्धमा उच्च शिक्षा विभागद्वारा बुधवार एक आधिकारिक निर्देशिका जारी गरियो जसमा स्पष्ट रूपमा बताइएको छ, संचालन समितिको कार्यकाललाई आगामी 31 दिसम्बरसम्म मान्य रहनेछ।
उच्च शिक्षा विभाग अनुसार यो निर्णय कलेजहरूको प्रशासनिक संचालनलाई स्थिरता प्रदान गर्ने उदेश्यले लिइएको हो। सबै सम्बन्धित कलेजहरूलाई यस फसेलाको सूचना पठाइएको छ ताकि आवश्यकतानुसार उनीहरूले योजना बनाउन सकुन्।
यसबीच कसबाकाण्डपछि बन्द गरिएको साउथ कोलकाता ल कलेजलाई लिएर शिक्षा मन्त्री ब्रात्य बसुले हैरानी व्यक्त गरेका छन्। बुधवार पत्रकारहरूसित बातचित गर्दै उनले भने, कलेजमा पठन-पाठन जारी रहनुपर्छ। संचालन समितिले कुन सोचले कलेजलाई बन्द गर्ने फसेला लिएको हो, यस बारे जानकारी लिनुपर्छ। मलाई आशा छ, विद्यार्थीहरू चाँड़ै नै सामान्य लयमा फर्किनेछन्।
स्मरण गराइन्छ, दक्षिण कोलकातास्थित उक्त ल कलेजमा हालैमा एक सामूहिक बलात्कारको घटना घटेपछि कलेज संचालन समितिले पठन-पाछन प्रक्रियालाई अस्थाायी रूपमा बन्द गरिदिएको थियो। तथापि प्रशासनिक कार्य पूर्ववत जारी छ। कलेजकी प्राचार्या नयना च्यटर्जी सहित अन्य शिक्षक-शिक्षिकाहरू नियमित रूपमा कलेज गइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा