खरसाङ, 03 जुलाई (हि.स.)। पश्चिम बंगाल सरकारको उत्कर्ष बंगला अन्तर्गत खरसाङमा कौशल विकास तालिम अन्तर्गत तीनवटा नयाँ तालिमहरुको आज उद्घाटन गरिएको छ। राज्य पश्चिम बंग सोसाइटी फर् कौशल विकास विभाग, तक्निकी शिक्षा तालिमको तर्फबाट खरसाङमा चलिरहेको 12 वटा विभिन्न कौशल विकास तालिमहरुसितै बिहिवार नयाँ तीनवटा तालिमहरु पनि शुरु गरिएको छ।
तीनवटा नयाँ तालिमहरुमा लुगा उत्पादन तालिम, उद्यमशीलता विकास तालिम र होमस्टे सञ्चालकहरुलाई लिएर तालिम सामेल छन्। उक्त कौशल विकास तालिम कार्यक्रमको उद्घाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र दार्जिलिङ जिल्ला शासक आईएएस डा प्रीति गोयलको बाहुलीद्वारा गरियो।
खरसाङको डाउहिलस्थित सुवास घिसिङ स्मृति सार्वजनिक भवनमा सम्पन्न कार्यक्रमलाई सम्बोन गर्दै खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक कौशल विकास तालिम अन्तर्गत आज तीनवटा नयाँ तालिमहरुको उद्घाटन गरिएको र यसबाट युवाहरुले तालिम लिएर रोजगारको प्राप्त गर्न सक्ने बताए। उनले तीनवटा नयाँ तालिमहरुमा लुगा उत्पादन, उद्यमशीलता विकास र होमस्टे सञ्चालकहरुलाई लिएर तालिम रहेको बताए।
कार्यक्रमलाई जीटीए प्रमुख अनित थापाले सम्बोधन गर्दै भने, सरकारले युवाहरुलाई आत्मनिर्भर बनाउन निःशुल्क विभिन्न तालिमहरु सञ्चालन गरिरहेको छ र यसबाट सबैले लाभ उठाउनुपर्छ। यस तालिमहरुको माध्यमबाट केही सिक्नुपर्छ। यसलाई गम्भीरतापूर्वक लिनुपर्छ। यहाँबाट केही सिकेर जानुहोस्।
कार्यक्रममा जिल्ला शासक आईएएस डा प्रीति गोयल र जीटीए प्रमुख अनित थापाको बाहुलीबाट प्रमाण पत्रहरु वितरण गरियो। यस कार्यक्रममा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपकले खरसाङमा पश्चिम बंगाल सरकारको उत्कर्ष बंगला अन्तर्गत कौशल विकास तालिमको 12 वटा तालिमहरु सञ्चालन भइरहेको र आज 3 वटा नयाँ तालिमहरु सञ्चालन शुरु गरिएको जानकारी गराए।
हिन्दुस्थान समाचार / हनोक