जंगीपुर नगरपालिकामा अविश्वास प्रस्तावको जटिलता सुल्झाउन 8 जुलााईमा पार्षदहरूको बैठक डाकिने
जंगीपुर नगरपालिकामा अविश्वास प्रस्तावको जटिलता सुल्झाउन 8 जुलााईमा पार्षदहरूको बैठक डाकिने


मुर्शिदाबाद, 03 जुलाई (हि.स.)। जंगीपुर नगरपालिकाको अविश्वास प्रस्तावबाट उत्पन्न जटिलतालाई सुल्झाउनको लागि तृणमूल कंग्रेस सक्रिय भएको छ। राज्य अध्यक्ष सुब्रत बख्शीले आगामी 8 जुलाईको अपरान्ह 3 बजे एक बैठक डाकेका छन्। यस बैठकमा विधायक जाकिर हुसैन, सांसद खलिलुर रहमान सहित जंगीपुर नगरपालिकाका 16 जना तृणमूल पार्षदगण औ दुवै टाउन अध्यक्षहरूलाई आमन्त्रित गरिएको छ।

वास्तवमा नगरपालिकाका चेयरम्यानविरूद्ध अविश्वास प्रस्ताव तृणमूलकै पार्षदहरूले ल्याएका थिए जसपश्चात नगरपालिकामा कामकाज लगभग ठप्प भएको छ। अब यस गतिरोधलाई हटाउनको लागि तृणमूलका राज्य उपसभापति जयप्रकाश मजुमदारले पार्षदहरूलाई सन्देश पठाएर बैठकमा उपस्थित हुने आग्रह गरेका छन्। सूत्र अनुसार शहरी विकास मन्त्री फिरहद हकिम पनि यस बैठकमा उपस्थित रहन सक्नेछन्।

पछिल्लो महिनाको 26 तारिक चेयम्यान मजिफुल इस्लामविरूद्ध तृणमूलकै पार्षदहरूले अविश्वास प्रस्ताव ल्याएका थिए। उनीहरूसित एकजना भाजपा र दुईजना कंग्रेस पार्षदहरू पनि सामेल थिए। पार्षदहरूको आरोप थियो, चेयरम्यानले उनीहरूलाई काम गर्न दिरहेका छैनन् जसकारण विकास कार्यहरूमा बाधा उत्पन्न भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande