गुवाहाटी, 03 जुलाई (हि.स.)। विश्वविख्यात कामाख्या मॉंलाई धारण गर्ने नीलाचल पर्वतमा एकपल्ट फेरि चितुवाको उपस्थितिले सनसनी फैलिएको छ। बुधवार राति नीलाचलस्थित मॉं बगला मन्दिर छेउ स्थानीय मानिसहरूले एउटा चितुवा घुमिरहेको देखे। अचानक चितुवालाई देखेपछि क्षेत्रका मानिसहरू आतंकित बने।
प्रत्यक्षदर्शीहरू अनुसार, चितुवा प्राय: भोजनाको खोजीमा जङ्गल बाहिर आएर जनसंख्या भएको ठाउॅंमा आउने गर्छ। विशेषगरि, राति चितुवाले बाख्रा, कुकुर र गायलाई निशाना बनाउने गर्दछ। यस्ता घटनाहरू नयॉं भने होइन, तर चितुवको आवागमनले मानिसहरूमा भयको माहोल छाएको छ।
हिन्दुस्थान समाचार / बिशाल