तीन उपद्रवी पुलिसको पञ्जामा
तीन उपद्रवी पुलिसको पञ्जामा


सिलगढ़ी, 03 जुलाई (हि.स.)। भक्तिनगर थानाको पुलिसले कुनै ठूलो आपराधिक घटनालाई परिणाम दिन अगावै तीनजना उपद्रवीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा क्रमैले अमजद अहमद, मोहम्मद हबिब र कमल थापा सामेल छन्। पुलिसले यी उपद्रवीहरूबाट एउटा बाइक सहित केही धारिलो हतियारहरू जफ्त गरेको छ।

सूत्र अनुसार गए बुधवार अबेर राती भक्तिनगर थानाको पुलिसलाई गुप्त सूचना प्राप्त भयो, शहरको सालुगढ़ास्थित जीवनदीप बिल्डिंग नजिकै केही संदिग्ध मानिसहरूलाई देखिएको छ। सूचना पाउनसाथ पुलिस टीमले क्षेत्रमा अभियान संचालन गरी तीनैजना उपद्रवीहरूलाई समात्यो। पुलिसले उपद्रवीहरूबाट केही हतियार, तीनवटा मोबाइल फोन र एउटा बाइक जफ्त गरेको छ। पुलिसले अन्य भगौड़ा आरोपीहरूलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande