उत्तराखण्ड- पाँच अवैध मजारहरूमाथि चल्यो बुलडोजर, अहिलेसम्म 537 अवैध मजार ध्वस्त गरिए
उत्तरा


उधमसिंहनगर, 03 जुलाई (हि.स.)। मुख्यमन्त्री पुष्कर सिंह धामीको निर्देशमा सरकारी भूमिमा धार्मिक अतिक्रमण विरूद्ध राज्यभरिमा चलिरहेको अभियान अन्तर्गत काशीपुरको कुन्डेश्वरी क्षेत्रमा प्रशासनले पाँच अवैध मजारहरूलाई बुलडोजर चलाएर ध्वस्त गऱ्यो। यो कारबाही एसडीएम अभय प्रताप सिंहको नेतृत्वमा बिहिवार बिहान गरियो।

जानकारी अनुसार, जुन मजारहरूलाई हटाइयो, ती सरकारी आमबाग भूमिमा बनेका थिए। प्रशासनको तर्फबाट पहिले नोटिस जारी गरी वैध दस्तावेज प्रस्तुत गर्ने अवसर दिइएको थियो तर निर्धारित समय सीमामा कुनै वैध दस्तावेज पेश गरिएन।

मुख्यमन्त्री धामीको अगुवाईमा राज्यभरिमा अहिलेसम्म 537 अवैध मजारहरूलाई हटाइएको छ। राज्य सरकारको सन्देश स्पष्ट छ, उत्तराखण्डमा आस्थाको सम्मान हुनेछ तर त्यसको दुरूपयोग कुनैपनि मूल्यमा स्वीकार्य छैन। जसले पनि सरकारी जमीनमा निलो र पहेलो च्यादर चढ़ाएर धर्मको आड़मा कब्जा गर्ने प्रय़ास गर्नेछ, त्यसमाथि कड़ा कारबाही गरिनेछ।

राज्य सरकारले यो सुनिश्चित गरिरहेको छ कि उत्तराखण्डको प्राकृतिक सम्पदा र सांस्कृतिक धरोहरमाथि कुनैपनि कुटिल मनसाय अब सफल नहोस्। कुन्डेश्वरीको कारबाहीले यो स्पष्ट भएको छ कि यहाँ शासन केवल काजगहरूसम्म सीमित नरहेर सशक्त इच्छाशक्तिको साथ जमीनमाथि पनि कारबाही भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande