वाईएसआर कांग्रेस प्रतिनिधिमण्डलले भेट्यो चुनाउ आय़ोगलाई
वाई


नयाँ दिल्ली, 03 जुलाई (हि.स.)। देशमा आगामी विधानसभा चुनाउहरू अगाड़ी चुनाउ आयोगले चुनावी प्रक्रियालाई मजबुत बनाउने र राजनीतिक दलहरूको साथ सीधा संवाद स्थापित गर्ने दिशामा लगातार प्रयास गरिरहेको छ। यही क्रममा बुधवार नयाँ दिल्ली स्थित निर्वाचन सदनमा वाईवी सुब्बा रेड्डीको नेतृत्वमा युवजन श्रमिक रायथू (वाईएसआर) कांग्रेस पार्टीको एक प्रतिनिधिमण्डलले चुनाव आय़ोगलाई भेट्यो र चुनाउ सुधारहरू तथा प्रक्रियालाई लिएर आफ्नो सुझाउ प्रस्तुत गऱ्यो।

प्रतिनिधिमण्डले मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमार, चुनाउ आयुक्त डा. सुखबीर सिंह सन्धू र डा. विवेक जोशीसित विस्तारमा चर्चा गरे। यो बैठक आयोगको उक्त पहलको हिस्सा हो, जस अन्तर्गत उसले राष्ट्रिय र राज्य स्तरीय राजनीतिक दलहरूका प्रमुखहरूको साथ संवाद स्थापित गरी चुनाउ प्रक्रियालाई अधिक पारदर्शी, समावेशी र विश्वासिलो बनाउने दिशामा सुझाउ एकत्र गरिरहेको छ।

आयोगले यस अगाड़ी पनि धेरै प्रमुख राष्ट्रिय दलहरूको साथ बैठकहरू गरिसकेको छ। 06 मईमा बहुजन समाज पार्टी (बीएसपी) की अध्यक्ष मायावती, 8 मईमा भाजपा अध्यक्ष जगत प्रकाश नड्डा, 10 मईमा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए बेबी, 13 मईमा नेशनल पीपुल्स पार्टीका अध्यक्ष कोनराड संगमा र 15 मईमा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालसित छलफल गरिसकेको छ। यही क्रममा 01 जुलाईमा तृणमूल कांग्रेसकी प्रतिनिधि चन्द्रिमा भट्टाचार्यको नेतृत्वमा पनि एक प्रतिनिधिमण्डलले आयोगलाई भेटेको थियो।

यस सालको शुरूआतमा आयोगले चुनाउसित सम्बन्धित मुद्दाहरूमाथि व्यापक विमर्शको निम्ति मार्चमा देशभरिमा कूल 4,719 सर्वदलीय बैठकहरू आयोजित गरेको थियो, जसमा 28,000 भन्दा धेरै राजनीतिक प्रतिनिधि सामेल भएका थिए। यसमध्ये 40 बैठक मुख्य निर्वाचन अधिकारीहरू (सीईओ) द्वारा, 800 जिल्ला निर्वाचन अधिकारीहरू (डीईओ) द्वारा र 3,879 बैठकहरू निर्वाचक रजिस्ट्रीकरण अधिकारीहरू (ईआरओ) द्वारा आयोजित गरिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande