पुञ्छमा आतङ्कवादीहरूसॅंग भिडन्त जारी, दुई आतङ्की मारिएको हुन सक्ने सम्भावना
पुञ्छमा आतङ्कवादीहरूसॅंग भिडन्त जारी, दुई आतङ्की मारिएको हुन सक्ने सम्भावना


पुञ्छ, 30 जुलाई (हि.स.)। पुञ्छ सेक्टरमा नियन्त्रण रेखा (एलओसी) मा सुरक्षा बल र आतङ्कवादीहरूबीच बुधवार बिहान भिडन्त शुरू भएको छ, जसमा दुई आतङ्की मारिएको सूचना छ। यद्यपि, अहिलेसम्म यसको आधिकारिक पुष्टि भएको छैन।

जानकारी अनुसार, अग्रिम ठेगानाहरूमा संदिग्ध गतिविधिहरूको सूचनाको अधारमा पुञ्छ सेक्टरमा सबै नियन्त्रण रेखामा विशेषगरि बाबा बुड्ढा अमरनाथ यात्रालाई ध्यानमा राख्दै हाई अलर्टमा राखिएको छ। आधिकारिक सूत्रहरूले बताए अनुसार, ​आज बिहान आतङ्कवादीहरूको एक समूहले नियन्त्रण रेखामा घुसपैठको प्रयास गरिरहेका थिए, तर जवानहरूले समयछॅंदा नै कारबाही गरे। अन्तिम रिपोर्ट प्राप्त हुॅंदासम्म क्षेत्रमा गोलीबारी जारी थियो।

एक्समा एक पोस्टमा यसको पुष्टि गर्दै व्हाइट नाइट कर्प्सले लेखेको छ, पुञ्छ सेक्टरको सामान्य क्षेत्रमा बाड छेउ हाम्रा सैनिकहरूले दुई व्यक्तिको संदिग्ध गतिविधि देखे, जसपछि गोलीबारी भयो। अपरेशन जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande