बांग्लादेशमा हिन्दुहरूमाथि हमलाको आरोपमा पॉंच जना पक्राउ
बांग्लादेशमा हिन्दुहरूमाथि हमलाको आरोपमा पॉंच जना पक्राउ


ढाका, 31 जुलाई (हि.स.)। बांग्लादेशको बेतगारी संघको अलदादपुर बालापारा गाउॅंमा हिन्दुहरूमाथि हमलाको आरोपमा पुलिसले पॉंच जनालाई पक्राउ गरेर बुधवार सांझ रंगपुर डिभिजनको एक अदालतमा पेश गरे। अदालतले पॉंचै जनालाई जेल पठाएको छ। अलदादपुर बालापारा गाउॅं रंगपुरको गंगाचारा उपजिल्लामा पर्छ।

द डेली स्टारको समाचार अनुसार, किशोरगंज पुलिस थानाका प्रभारी अशरफुल इस्लामले भने, रंगपुरको अदालतले यासीन अली (25), स्वाधीन मिया (28), अशरफुल इस्लाम (28), अतीकुर रहमान खान (30) र सद्दाम हुसैन सलीम (22) लाई न्यायिक हिरासतमा पठाउने आदेश दिएको छ। सबै आरोपी निलफामारीको किशोरगंज उपजिल्ला अन्तर्गत मगुरा गाउॅं निवासी हुन्।

पुलिस अधीक्षक अशरफुलले भने, संयुक्त बलका सदस्यहरूले बुधवार बिहान आरोपीहरूलाई उनीहरूको घरबाट पक्राउ गरे। यस अघि मंगलवार राति पीडितहरू मध्ये एक रवीन्द्र नाथ रायले गंगाचारा मडल पुलिस थानामा तोडफोड र लूटपाटको मामिला दर्ता गराएका थिए। प्राथमिकीमा 1,200 अज्ञात व्यक्तिहरूलाई आरोपी बनाइएको छ।

राय अनुसार, उनका पॉंच गाईवस्तु, नगद र सूनका गहनाहरू लूटेका छन्। पुलिस अनुसार, अलदादपुर बालापारा गाउॅंमा हिन्दू समुदायमाथि हमला शनिवार राति र आइतवार दिउॅंसो गरिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande