कोलकाता, 04 जुलाई (हि. स.)। पश्चिम बंगाल मेडिकल काउन्सिलले तृणमूल कंग्रेसका पूर्व राज्यसभा सांसद औ चिकित्सक डा. शान्तनु सेनको मेडिकल पञ्जीकरणलाई दुई वर्षको लागि निलम्बित गरिदियो। निलम्बनको अवधिभरि उनले आफ्नो नाममा ‘डा.’ उपसर्गलाई जोड़्न सक्ने छैनन्, न त कुनै रोगीलाई औषधिको पर्चा लेख्न सक्नेछन्।
डा. सेनको लेटरहेडमा फेलो अफ द रोयल कलेज अफ फिजिशियन्स (ग्लास्गो)- को डिग्री उल्लेख गरिए बापत यो कारबाही गरिएको हो जसलाई उनले राज्य चिकित्सा परिषदमा विधिवत पञ्जीकरण गराएका थिएनन्। गए बिहीवार अबेर साँझ जारी परिषदका प्रवक्ताको बयान अनुसार ग्लास्गोस्थित संस्थालाई यस योग्यताको पुष्टिको लागि ई-मेल पठाइएको थियो, तर त्यहाँबाट कुनै उत्तर आएन।
डा. सेन स्वयं आर.जी. कर मेडिकल कलेज एण्ड हस्पिटलका पूर्व छात्र हुन् भने विगत लामो समयसम्म राज्य सरकारका प्रतिनिधिको रूपमा मेडिकल काउन्सिलसित पनि आबद्ध रहिसकेका छन्। तर पछिल्लो वर्ष आरजी कर अस्पतालमा भएको बलात्कार तथा हत्याको घटनालाई लिएर उनको पार्टी नेतृत्वसित मतभेद भएको थियो। त्यसबेला उनलाई पार्टीबाट निलम्बन गरियो र पछि परिषदबाट पनि हटाइयो।
यस घटनाक्रममाथि प्रतिक्रिया व्यक्त गर्दै डा. सेनले भने, उनीविरूद्ध गरिएको यो कारबाही कतिपय मानिसहरूको व्यक्तिगत दुर्भावनाको परिणाम हो। उनले दाबी गरे, मैले यस डिग्रीलाई पञ्जीकृत गराउनको लागि सबै आवश्यक दस्तावेज तथा दश हजार रुपियाँ फिस जमा गरेको थिएँ। त्यसपछि केही पत्र अनि ई-मेल पनि पठाएँ, तर कुनै जवाफ आएन। मैले आरटीआई अन्तर्गत पनि जानकारी मागेँ, तर पनि जवाफ पाइनँ। मलाई लक्षित गरिएको छ।
डा. सेनलाई हालैमा तृणमूल कंग्रेसबाट ‘पार्टी विरोधी गतिविधि गरेको’- आरोपमा पार्टीबाट निलम्बन गरिएको थियो। यो मामिलाले राज्यका चिकित्सा व्यवस्था, चिकित्सा परिषदको पारदर्शिता औ आपस्तको राजनीतिक सम्बन्धलाई लिएर प्रश्नहरूर तेर्साइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा