मुख्यमन्त्रीले माङसरीमा मंगरजोङ विकास परियोजना क्षेत्रको निरीक्षण भ्रमण गरे
मुख्यमन्त्रीले माङसरीमा मंगरजोङ विकास परियोजना क्षेत्रको निरीक्षण भ्रमण गरे


गान्तोक, 04 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले शुक्रवार बिहान पश्चिम सिक्किमको माङसरीमा मंगरजोङ विकास परियोजना क्षेत्रको निरीक्षण भ्रमण गरे। भ्रमण अ​वधि मुख्यमन्त्रीले परियोजनाको वर्तमान स्थिति र अहिलेसम्म भएको प्रगतिको बारेमा जानकारी लिए। उक्त जानकारी मुख्यमन्त्रीले आज बिहान सामाजिक सञ्जालमा दिएका छन्।

मुख्यमन्त्रीले मैदानमा प्रतिबद्धता, समन्वय र कडा परिश्रम देख्न पाउनु साँच्चै उत्साहजनक रहेको उल्लेख गरेका छन्। उनले ठेकेदारहरू र प्रमुख सरोकारवालाहरूसँग अर्थपूर्ण छलफल भएको र अघि आइरहेका चुनौतीहरू र भावी योजनाको बारेमा बहुमूल्य अन्तर्दृष्टि प्राप्त गरेको जानकारी गराएका छन्। उनले परियोजनाको वृहत् दृष्टिकोणलाई ध्यानमा राख्दै बाँकी काम समयमै र प्रभावकारी रूपमा सम्पन्न गर्न निर्देशन दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande