चण्डीगढ़, 06 जुलाई (हि.स.)। आयभन्दा अधिक सम्पत्ति मामिलामा पक्रा परेका अकाली नेता बिक्रमजीत सिंह मजीठियालाई रिमान्ड अवधि समाप्त भएपछि आइतवार विजिलेन्स ब्यूरोले मोहालीको अदालतमा पेश गऱ्यो। सरकारी उकीलहरूले पुनः रिमाण्डको माग गरेनन् यसैले धेरै बेरसम्म बहस भएपछि मोहाली कोर्टले उनलाई 14 दिनको निम्ति न्यायिक हिरासतमा पठायो।
विजिलेन्सले कोर्टलाई बतायो, जाँचको निम्ति उनलाई हिमाचल तथा उत्तर प्रदेश स्थित धेरै ठाउँ लगिएको छ। जाँचमा धेरै महत्वपूर्ण तथ्य उजागर भएको छ। अदालतको कारबाहीमा सरकारी उकीलहरूले पुनः रिमान्डको माग गरेनन्। धेरै बेरसम्म बहस भएपछि मोहाली कोर्टले मजीठियालाई 14 दिन न्यायिक हिरासतमा पठायो। अब उनी पटियालाको नाभा स्थित जेलमा बस्नेछन्।
मजीठियाको पेशी अगाड़ी आइतवार भारी संख्यामा अकाली नेता र कार्यकर्ता मोहाली कोर्ट बाहिर पुगे। पुलिस र अकाली कार्यकर्ताहरूबीच झपड़सम्म भयो। यसपछि पुलिसले अकाली कार्यकर्ताहरूलाई बसमा भरेर लग्यो। डा. दलजीत चीमाले हिरासतमा लिन अगाड़ी आरोप लगाए कि आम आदमी पार्टीका नेता अरविन्द केजरीवाललाई मजीठियाको अनुहार मनपर्दैन। यसैले गर्दा उनलाई मीडिया सामू आउन दिँदैन।
मजीठियालाई 25 जूनमा अमृतसर स्थित उनको आवासबाट पक्राउ गरिएको थियो। विजिलेन्सले उनलाई 26 जूनमा कोर्टमा पेश गऱ्यो। तबदेखि उनी विजिलेन्सको रिमाण्डमा थिए। कोर्टको फसेलापछि विजिलेन्सले दाबी गऱ्यो कि तीन दिनको रिमाण्ड लिन सकिन्छ। यदि आवश्यकता परे पुनः मजीठियालाई पुलिस रिमान्डमा लिइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी