अमरनाथ यात्राः 7,200 तीर्थयात्रीहरूको अझ् एक टोली जम्मूबाट प्रस्थान
अमरनाथ यात्राः 7,200 तीर्थयात्रीहरूको अझ् एक टोली जम्मूबाट प्रस्थान


जम्मू, 06 जून (हि.स.)। लगातार वर्षाबीच 7,200 भन्दा अधिक तीर्थयात्रीहरूको एक नयाँ टोली आइतवार बिहानै दक्षिण कश्मीर हिमालयमा अमरनाथ मन्दिरको निम्ति यहाँ आधार शिविरबाट हिँड्यो। 03 जुलाईमा शुरू भएको 38 दिवसीय वार्षिक तीर्थयात्राले आइतवार 50,000 को आंकड़ा नाघ्यो।

अधिकारीहरूले भने, 1,587 महिलाहरू र 30 नानी सहित 7,208 तीर्थयात्रीहरूको पाँचौं टोली कड़ा सुरक्षा व्यवस्थाबीच बिहान 3:35 बजीदेखि 4:15 बजीबीच भगवती नगर आधार शिविरबाट दुई अलग-अलग लश्करमा हिँड्यो। 02 जुलाईपछि यी तीर्थयात्रीहरूको सबैभन्दा ठूलो टोली थियो, जब उपराज्यपाल मनोज सिन्हाले यहाँबाट यात्रालाई हरियो झण्डा देखाएका थिए। यसका साथै कूल 31,736 तीर्थयात्री जम्मू आधार शिविरबाट घाटीको निम्ति हिँड़िसकेका छन्।

अधिकारीहरूले बताए, 147 वाहनमा 3,199 तीर्थयात्रीहरूलाई लिएर पहिलो लश्कर गान्दरबल जिल्लामा छोटो तर 14 किलोमीटर लामो बालटाल मार्गको निम्ति प्रस्थान भयो जसपछि 160 वाहनमा 4,009 तीर्थयात्रीहरूको दोस्रो लश्कर अनन्तनाग जिल्लामा 48 किलोमीटर लामो पारम्परिक पहलगाम मार्गबाट यात्रामा निस्क्यो। तीर्थयात्रीहरूले रातभरि जम्मूका ठूला हिस्साहरूमा भएको वर्षाको सामना गरे।

अधिकारीहरू अनुसार, 03 जुलाईम यात्रा शुरू भएदेखि अहिलेसम्म 50,000 भन्दा अधिक तीर्थयात्रीले 3,880 मीटर अग्लो अमरनाथ गुफा मन्दिरको दर्शन गरिसकेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande