नयाँ दिल्ली, 06 जुलाई (हि.स.)। चुनाउ आयोगले बिहारमा एसआईआर (विशेष गहन पुनरीक्षण) को प्रक्रिया 24 जूनमा जारी निर्देशहरू अनुसार पूरा पारदर्शिताको साथ सफलतापूर्वक संचालित भइऱहेको स्पष्ट गरेको छ। आयोगले दोहोऱ्याएको छ कि प्रक्रियासित सम्बन्धित कुनै प्रकारको पनि निर्देशहरूमा कुनै परिवर्तन गरिएको छैन।
आयोगसित जोड़िएको सूत्रहरू अनुसार, 01 अगस्तमा जारी हुने मस्यौदा निर्वाचक नामावलीमा केवल ती उम्मेदवारहरूको नाम सामेल गरिनेछ, जसको नामांकन फारम 25 जुलाई अगाड़ी प्राप्त भइसक्नेछ। मतदाताले आवश्यक दस्तावेज 25 जुलाईसम्म कहिलेपनि जमा गर्न सक्छन्। यस बाहेक दस्तावेज आपत्तिहरू र दाबीहरूको अवधिमा पनि प्रस्तुत गर्नसकिन्छ।
आयोगले आम जनतालाई सतर्क गराउँदै भन्यो, केही मानिसहरूले 24 जूनको आदेशलाई नपढ़ी अथवा जानीबुझेर गलत व्याख्या गरी भ्रम फैलाइरहेका छन्। यस्तो मानिसहरूको भ्रामक र गलत बयानहरूमाथि ध्यान दिने सुझाउ दिइएको छ। आयोगले सबै नागरिकहरूसित केवल आधिकारिक श्रोतहरूबाटै जानकारी प्राप्त गर्ने र भ्रमित नहुने अपील गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी