शिमला, 06 जुलाई (हि.स.)। हिमाचल प्रदेशमा मनसूनले ताण्डव मचाएको छ। मौसम विज्ञान केन्द्र शिमलाद्वारा आइतवार जारी रेड अलर्टबीच आज बिहानदेखि राज्यका अधिकांश हिस्साहरूमा मूसलधारे पानी परिरहेको छ। मन्डी, कांगड़ा र सिरमौर जिल्लाहरूमा अति भारी वर्षाको रेड अलर्ट जारी गरिएको छ जबकि शिमला, सोलन र हमीरपुर सहित 9 जिल्लामा आगामी 24 घण्टाको निम्ति फ्ल्याश फ्ल्डको चेताउनी दिइएको छ।
यी 9 जिल्ला चम्बा, कुल्लू, कांगड़ा, बिलासपुर, हमीरपुर, सोलन, शिमला, सिरमौर र मन्डीका बासिन्दाहरूलाई प्रशासनले अत्यधिक सतर्क रहने र अनावश्यक यात्रा नगर्ने सुझाउ दिएको छ।
यसबीच मन्डी जिल्लामा एक पल्ट फेरि बादल फाटेको छ। पधर उपमण्डलको टिक्कन पञ्चायतको सिलबधानी गाउँमा हिजो अबेर राति बादल फाट्यो, जसबाट स्थानीय नालामा बाढ़ी आयो र दुई कल्भर्ट बगे। भाग्यवश यस घटनामा कुनै ज्यानमालको नोकसान भएन। डीएसपी पधर देवराजले यसको पुष्टि गर्दै बताए, घटनास्थलमा प्रशासनको टीमले क्षतिको आंकलन गरिरहेको छ।
मौसम विभाग अनुसार, गत 24 घण्टामा सबैभन्दा वर्ष कांगड़ा जिल्लाको नगरोटा सुरियाँमा 102 मिमी दर्ता गरियो। यस बाहेक ऊनामा 62 मिमी, धर्मशालामा 61 मिमी, कटुआला र घमरूरमा 40-40 मिमी, बरठींमा 38, सुजानपुर टीहरामा 36, भराड़ीमा 35, नादौनमा 30 र मन्डीमा 21 मिमी वर्षा रेकर्ड गरिएको छ।
मौसम विभागले आजको निम्ति केही ठाउँ भारीदेखि अति भारी वर्षाको रेड अलर्ट जारी गरेको छ, जबकि 07 जुलाईमा अति भारी वर्षाको अरेन्ज अलर्ट जारी गरिएको छ। 8 देखि 10 जुलाईसम्म येलो अलर्ट र 11 र 12 जुलाईमा सामान्य वर्षाको सम्भावना व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी