हिन्दूहरूलाई विभाजन गर्ने व्यक्ति आफै नष्ट हुनेछ – रामभद्राचार्य
बाग


पटना, 06 जुलाई (हि.स.)। राजधानी पटनामा आइतवार सनातन महाकुम्भको आय़ोजन गरियो। यस अवसरमा रामभद्राचार्यले भने, हिन्दुहरूलाई विभाजन गर्ने व्यक्ति आफै नष्ट हुनेछ। यस सनातन महाकुम्भमा देशभरिका सन्तहरू सामेल भइरहेका छन्।

जगदगुरू स्वामी रामभद्राचार्यले भने, पटनाको गान्धी मैदानमा मलाई र धीरेन्द्र शास्त्रीलाई आउनदेखि रोकियो। सत्ता अब हिन्दू विरोधीको हातमा कहिले पनि जानुहुँदैन। हिन्दूहरूलाई विभाजन गर्ने व्यक्ति आफै नष्ट हुनेछ। यस सनातन महाकुम्भमा बागेश्वर पीठाधीश्वर बाबा धीरेन्द्र कृष्ण शास्त्रीले भने, हामी यहाँ राजनीतिको निम्ति नभएर राम नीतिको निम्ति आएका हौं। यदि भारत हिन्दू राष्ट्र हुनेछ, यसको शुरूआत बिहारबाट हुनेछ र यो पहिलो राज्य बन्नेछ। म कुनै धर्मको विरोधी होइन। म बिहारमा विधानसभा चुनाउपछि पूरा राज्यको दौड़ाह गर्नेछु। साथै 07 नोभेम्बरदेखि 16 नोभेम्बरसम्म दिल्लीबाट वृन्दावनको यात्रा गर्नेछु।

पटनामा आयोजित महाकुम्भमा धीरेन्द्र शास्त्रीले भने, बिहारबाटै भारत हिन्दू राष्ट्र बन्ने शुरूआत हुनेछ। यदि हाम्रो धर्ममाथि घात भयो भने हामी प्रतिघात गर्नेछौं, भगवा गजवा-ए-हिन्दको शुरुआत बिहारबाट हुनेछ। केही मानिसहरूले तिरंगामा जून हेर्न चाँहन्छन तर हामी तिरंगलाई जूनमा लहराएको हेर्न चाहँन्छौं।

यो भव्य आयोजन भगवान परशुरामको जन्मोत्सवको अवसरमा आयोजित गरिँदैछ। यस महाकुम्भमा धार्मिक प्रवचन औ भजन-संध्याका साथै सन्त समागम, हवन-पूजन र वैदिक मन्त्रोच्चार पनि गरिनेछ।

उल्लेख्य, प्रतिष्ठित गान्धी मैदानमा सनातन महाकुम्भ 2025 को भव्य आयोजन गरिँदैछ। पहिलो पल्ट यस महाकुम्भको आयोजन पटनामा भइऱहेको छ। यसमा भारी संख्यामा देशभरिका सन्त-महात्मा, जगद्गुरु र महामण्डलेश्वर सामेल भए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande