रामगढ़, 06 जुलाई (हि.स.)। झारखण्डको रामगढ़ जिल्लाको कुजू ओपी क्षेत्र अन्तर्गत करमा परियोजनामा अवैध खनन भइऱहेको समय शनिवार बिहान खानी धसेर चार जनाको मृत्यु हुँदा जमेर हंगामा भयो। ग्रामीणहरूको तर्फबाट क्षतिपूर्तिको माग गरियो। अन्ततः ग्रामीणहरूको मागहरू अगाड़ी सीसीएल प्रबन्धन र जिल्ला प्रशासनलाई निहुरिनुपुऱ्यो र क्षतिपूर्ति दिनको निम्ति तयार भयो। यो वार्ता रातभरि चल्यो।
शनिवार राति लगभग 2 बजी प्रबन्धन, प्रशासन र राजनीतिक दलहरूबीच वार्ता चलेपछि मृतकका परिजनहरू र ग्रामीणहरूले आफ्नो आन्दोलन समाप्त गरे। यसमा मजदूरका परिजनहरूलाई कूल 8 लाख रूपियाँको क्षतिपूर्ति दिने तय भयो। जसमा हरेक मृतकको परिजनलाई सीसीएल प्रबन्धनले 1.70 लाख रूपियाँ प्रति व्यक्ति दिनेछ। जबकि जिल्ला प्रशासनले 30 हजार रूपियाँ प्रति व्यक्ति दिनेछ। यस प्रकार कूल 8 लाख रूपियाँको क्षतिपूर्तिमा सहमति बन्यो। यस बाहेक मृतकका परिजनहरूलाई एक एक सदस्यलाई आउटसोर्सिङको माध्यमले काम दिने सहमति पनि बन्यो। खानीमा मर्ने चार मजदूरहरूको पहिचान मो. इम्तियाज, रामेश्वर मांझी, वकील करमाली र निर्मल मुन्डाको रूपमा गरिएको छ।
वास्तवमा करमाको महुआतुंगड़ीको ग्रामीण शनिवार बिहानै सीसीएलको लीज एरिया करमा परियोजनामा कोइला चोरी गर्न पुगेका थिए। सोही अवधि अवैध खनन प्रक्रियामा कोइलाको एउटा ठूलो हिस्सा धसियो। यसमा चार जना पुरिएर मृत्यु भयो। सीसीएलका अधिकारीहरूले आफ्नो गल्तीलाई लुकाउन पेलोडर लगाएर शवलाई हटाउने प्रयास गरे। यसलाई लिएर ग्रामीणहरूले विरोध गरे औं क्षतिपूर्तिको माग गर्दै प्रदर्शन शुरू गरे। यसपछि विभिन्न राजनीतिक पार्टीहरूको साथ परिजनहरूले शवलाई पीओ कार्यालय समक्ष राखेर परिजन र ग्रामीण रातभरि क्षतिपूर्तिको माग लिएर डटिरहे।
हिन्दुस्थान समाचार / भवानी थामी