जबलपुर, 06 जुलाई (हि.स.)। रानी अवन्ति बाई लोधी सागर परियोजना बरगी बाँधको जलस्तरलाई नियन्त्रित गर्न यस सीजनमा पहिलो पल्ट आइतवार दिउँसो लगभग 12 बजी यसको 21 मध्ये 9 स्पिल-वे गेट औसतन 1.33 मीटरको उचाईसम्म खोलिएको छ र यसबाट 52,195 क्यूसेक (घनफुट पानी प्रति सेकण्ड) पानी छोड़िँदैछ।
कार्यपालन यन्त्री बरगी बाँध राजेश सिंह गौन्ड अनुसार, खोलिएका 9 गेटमध्ये नम्बर 10, 11 र 12 लाई दुई-दुई मीटर, गेट नम्बर 9 र 13 लाई डेढ़-डेढ़ मीटर, गेट नम्बर 8 र 14 लाई एक-एक मीटर तथा गेट नम्बर 7 र 15 लाई आधा-आधा मीटरको ऊंचाईसम्म खोलिएको छ। बाँधमा आवकलाई मध्यनजर राखेर यसबाट कहिलेपनि पानी निकासीको मात्रा घटाउन वा बढ़ाउन सकिन्छ।
कार्यपालन यन्त्री बरगी बाँध अनुसार, आइतवार दिउँसो 11 बजी बाँधको जल स्तर 417.40 मीटर रेकर्ड गरिएको थियो र यस समय यसमा लगभग 98,741 क्युसेक पानी पसिरहेको थियो। उनले बाँधको तल्ले क्षेत्रका निवासीहरूसित नर्मदा तटदेखि सुरक्षित दूरी बनाइराख्ने तथा डूबेका क्षेत्रहरूमा प्रवेश नगर्ने अपील गर्दै बताए, बाँधबाट पानी छोड्दा नर्मदा नदीको जलस्तर 4-5 फुटसम्म बढ्नसक्छ।
बरगी बाँधको पूर्ण जल भराव स्तर 422.76 मीटर छ र अपरेशनल मैन्युल अनुसार 31 जुलाईसम्म यसको जलस्तर 417.50 मीटर राखिनु प्रस्तावित छ।
हिन्दुस्थान समाचार / भवानी थामी