नयाँ दिल्ली, 06 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदील तिब्बती धर्मगुरू दलाई लामालाई उनको 90औं जन्मदिनको अवसरमा शुभकामना दिए। उनले धर्मगुरूलाई प्रेम, करूणा, धैर्य र नैतिक अनुशासनको चिरस्थायी प्रतीक बताए। प्रधानमन्त्रीले अगाड़ी भने, उनको सन्देशले सबै धर्मका मानिसहरूमा सम्मान र प्रशंसाको भावना जगाएको छ।
एक्समा आफ्नो सन्देशमा प्रधानमन्त्रीले भने, म 1.4 अरब भारतीयहरूको साथ मिलेर परम श्रद्धेय दलाई लामालाई उनको 90औं जन्मदिनमा हार्दिक शुभकामना दिँदछु। उनी प्रेम, करूणा, धैर्य र नैतिक अनुशासनको चिरस्थायी प्रतीक रहेका छन्। उनको सन्देशले सबै धर्मका मानिसहरूमा सम्मान र प्रशंसाको भावना जगाएको छ। हामी उनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौं।
उल्लेख्य, दलाई लामा तिब्बती बौद्ध धर्मको सर्वोच्च आध्यात्मिक गुरू हुन्। वर्तमान दलाई लामा, तेनजिङ ग्यात्सो 14औं अवतार मानिन्छन्। उनको जन्म 06 जुलाई 1935 मा तिब्बतको ताकस्तर गाउँमा भएको थियो। उनी शान्ति, करूणा र अहिंसाको सन्देशको निम्ति विश्वभरिमा सम्मानित छन्। 1959 मा तिब्बतमाथि चीनले कब्जा गरेपछि उनी भारतमा शऱणार्थी बनेर धर्मशालामा बस्न थाले। उनलाई 1989 मा नोबेल शान्ति पुरस्कार प्राप्त भयो।
हिन्दुस्थान समाचार / भवानी थामी