दुष्कर्मकाण्डपछि पुनः खोलियो कसबा ल कलेज
दुष्कर्मकाण्डपछि पुनः खोलियो कसबा ल कलेज


कोलकाता, 7 जुलाई (हि.स.)। एक जना छात्रासित भएको सामूहिक दुष्कर्मको घटनापछि बन्द अवस्थामा रहेको साउथ कलकत्ता ल कलेज सोमवारदेखि पुनः खोलिएको छ। तथापि क्याम्पसको वातावारण अहिले नै सामान्य हुन सकेको छैन। सोमवार पहिलो पटक कलेज आउने-जाने केही विद्यार्थीहरूले नियम तय गरिएको भए पनि आफ्नो पहिचान पत्र ल्याउन बिर्सिए जसबाट अव्यवस्थाको स्थिति उत्पन्न भयो।

कलेज फेरि खोलिनको साथै शिक्षकहरूको आँखामा अपराधबोध स्पष्ट रूपमा झल्किरहेको थियो। कलेज प्रशासन अनि शिक्षकहरूले माने, पूर्व विद्यार्थी तथा बाहिरका मानिसहरूको अनियन्त्रित प्रवेशमाथि समयमै कड़ा कदम उठाइएन जसले गर्दा यो लज्जास्पद घटना घट्यो। ल फ्याकल्टीकी प्रोफेसर मौसमी वशिष्ठले स्वीकार गरिन्, “हामी असफल रह्यौं। नियम पहिला पनि थियो, तर मान्दैन्थ्यो। उपप्राचार्यले हस्तक्षेप गरिन्, तर प्रबन्धन स्तरमा कड़ाई देखाइएन।”

कलेज खोलिनपूर्व उपप्राचार्यले सबै शिक्षक तथा कर्मचारीहरूसित 15 मिनटको अनलाइन सम्मेलन आयोजना गरिन् जसमा नयाँ शिराबाट कलेज संचालन अनि अनुशासनलाई सम्बन्धि दिशानिर्देश तय गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande