सिलगढीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रिय कार्यकारिणी समितिको बैठक सम्पन्न, 17 जुलाई दार्जिलिङमा बैठक
amar lama


सिलगढी, 07 जुलाई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय कार्यकारिणी समितिको बैठक सोमवार सिलगढीमा सम्पन्न भयो। लगभग तीन घण्टा लामो चलेको उक्त बैठकमा संगठनका विविध पक्षहरू र संगठनले उठाउँदै आएका मुद्दाहरूमा गहन छलफल भएको छ। बैठकमा केन्द्रिय अध्यक्ष अनित थापा अनुपस्थित रहेका थिए।

यस बैठकमा उठेका विषयवस्तुहरू आगामी 17 जुलाईमा दार्जिलिङमा बस्ने केन्द्रिय कार्यकारिणी समितिको बैठकमा अनुमोदन गरिने भएको छ। त्यसपछि, अनुमोदित विषयहरू जिल्ला, महकुमा तथा समष्टिका नेतृत्वहरूसँग साझा गर्दै आवश्यक निर्देशनहरू जारी गरिने भएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रिय महासचिव अमर लामाले प्रेस विज्ञप्तिमा बताएका छन्।

उनले पार्टीले संगठनात्मक सुदृढीकरण तथा समसामयिक मुद्दाहरूमा एकमत भएर अघि बढ्ने तयारी गरेको जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande