नदियामा चल्ती बसको चक्का खोलियो, 40 जना यात्री घाइते
नदियामा चल्ती बसको चक्का खोलियो, 40 जना यात्री घाइते


कृष्णनगर (नदिया), 07 जुलाई (हि. स.)। जिल्लाको कृष्णनगरमा सोमवार बिहान एउटा ठूलो दुर्घटना भयो। बर्दवानदेखि कृष्णनगर तर्फ गइरहेको बसले अचानक आफ्नो नियन्त्रण गुमाएर रोड स्टेशन क्षेत्र नजिकमा पुगेर पल्टियो। यस बसमा चालीस जनाभन्दा अधिक यात्रीहरू घाइते भए। घटना घटना बस यात्रीहरूले भरिएको थियो।

प्रत्यक्षदर्शीहरू अनुसार बसको गति तीव्र थियो र अचानक असन्तुलित भएर सड़क किनारमा पल्टियो। दुर्घटनापछि क्षेत्रमा कोकोहोलो मच्चियो। स्थानीय मानिसहरू र पुलिसले तुरून्त घटास्थलमा पुगेर घाइतेहरूलाई बसबाट बाहिर निकाले अनि नजिकैको अस्पतालमा भर्ती गरायो जहाँ धेरैजनाको अवस्था गम्भीर रहेको बताइएको छ।

यस दुर्घटनाको कारण सड़कमा केही समयसम्म यातायात ठप्प भयो। ठूलो संख्यामा पुलिस बल पुगेर यातायातलाई सामान्य बनायो। पुलिसले बतायो, दुर्घटनाको कारण पत्तो लगाइँदैछ। प्रारम्भिक जाँचमा यो शंका व्यक्त गरिँदैछ, बसको ब्रेक फेल भएको थियो वा वाहन चालकले नियन्त्रण गुमायो।

पुलिसले मामिला दर्ता गरेको छ साथै यो पनि जाँच गरिरहेको छ कि बसमा ओभरलोडिंग त थिएन वा तकनिकी कमजोरी दुर्घटनाको कारण बन्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande