भारतमाथि लगाइएको 25 प्रतिशत अमेरिकी टेरिफ अब 07 अगस्तदेखि प्रभावी हुने
ट्रम्प


वाशिङ्गटन, 01 अगस्त (हि.स.)। अमेरिकाको तर्फबाट आयात गरिने भारतीय उत्पादहरूमा 25 प्रतिशत टेरिफको आदेश अब 07 अगस्तदेखि प्रभावी हुनेछ। व्हाइट हाउसले 01 अगस्तको डेडलाइन समाप्त हुन केही घण्टा अगाड़ी यसको घोषणा गऱ्यो। यस अगाड़ी 25 प्रतिशत टेरिफको आदेश 01 अगस्तदेखि लागू हुनुथियो।

भारत सहित विश्वका धेरै देशहरूमा अमेरिकाले नयाँ टेरिफ लगाएको छ, जुन 07 अगस्तदेखि लागू हुनेछ। यस अन्तर्गत भारतमाथि 25 प्रतिशत, कनाडामाथि 35 प्रतिशत टेरिफ लगाइएको छ। रूसबाट हतियार र तेलको खरीदलाई लिएर भारत विरूद्ध अतिरिक्त आयात शुल्क लगाउने कुरा पनि गरिएको छ।

अमेरिकाको टेरिफ सूचीमा सबैभन्दा अधिक सीरियामाथि 41 प्रतिशत, लाओस एवं म्यान्मारमाथि 39 प्रतिशत, स्विट्जरल्याण्डमाथि 35 प्रतिशत, बांग्लादेशमाथि 20 र पाकिस्तानमाथि 19 प्रतिशत टेरिफ लगाइएको छ।

यस अगाड़ी अमेरिकी राष्ट्रपतिले 2 अप्रेलमा विश्वभरिका 92 देशहरूमाथि टेरिफ लगाउने घोषणा गरेको थिए, जसलाई 7 दिनपछि 90 दिनको निम्ति स्थगित गरियो। भारतबाट अमेरिका पठाइने सर-समानमाथि आजदेखि लाग्ने 25 प्रतिशत टेरिफ अब 07 अगस्तदेखि लागू हुनेछ।

उल्लेख्य, एक दिन अगाड़ी बिहिवार अमेरिकी टेरिफलाई लिएर भारत सरकारको तर्फबाट वाणिज्य मन्त्री पीयूष गोयलले संसदमा वक्तव्य दिँदै भनेका थिए, यसमा देशहितमै कुनै फसेला लिइनेछ। टेरिफलाई लिएर स्वयं अमेरिकी राष्ट्रपतिले पनि भारतसित बातचित जारी रहने बताएका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande