वाशिङ्गटन, 12 अगस्त (हि.स.)। अमेरिकाले पाकिस्तानको बलूचिस्तान प्रान्तमा सक्रिय अलगाववादी संगठन बलूच लिबरेशन आर्मी (बीएलए) लाई विदेशी आतङ्की संगठन घोषित गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सोमवार यो जानकारी दियो।
बीएलएलाई लामो समयदेखि अफगानिस्तान र ईकान निकट खनिज सम्पदाले सम्पन्न बलूचिस्तान क्षेत्रमा सक्रिय सबैभन्दा प्रभावशाली उग्रवादी गुट मानिन्छ। यो क्षेत्र चीनी निवेशको ग्वादर गहिरो समुद्री बन्दरगाह र अन्य परियोजनाहरूको कारण रणनीतिक दृष्टिले महत्वपूर्ण छ।
अमेरिकी विदेश मन्त्री मार्को रूबियो अनुसार, हालमा बीएलएले मार्चमा क्वेटादेखि पेशावर गइरहेको पाकिस्तानी ‘जाफर एक्सप्रेस’ ट्रेनलाई हाईज्याक गरेको जिम्मा लिएको थियो। यस घटनामा 31 नागरिक र सुरक्षा बलहरूका जवानहरूको मृत्यु भएको थियो जबकि 300 भन्दा धेरै यात्री बन्धक बनाइएका थिए।
विदेशी आतङ्की संगठन घोषित भएपछि यस समूहलाई वित्तीय सहायता र कुनै प्रकारको पनि मद्दत प्रदान गर्नु अमेरिकी कानून अन्तर्गत प्रतिबन्धित भएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी