रियो डी जनेरियो, 02 अगस्त (हि.स.)। ब्राजीलका पूर्व अन्तरराष्ट्रिय डिफेन्डर डेविड लुइजले ब्रीजीलियन सेरी-ए क्लब फोर्टालेजासॅंग सम्बन्ध तोडेका छन्। क्लबसॅंग उनको अनुबन्ध केवल सात महिना मात्र चल्यो र दुवै पक्षको आपसी सहमतिमा अनुबन्ध समाप्त गरियो। 38 वर्षीय डेविड लुइजले शुक्रवार आफ्ना साथीहरू र क्लबका स्टाफबाट विदाई लिए।
ग्लोबो एस्पोर्टेको रिपोर्ट अनुसार, उनी अब साइप्रसको शीर्ष क्लब पाफोस एफसीसॅंग तीन सालको अनुबन्धको लागि सिद्धान्तत: सहमत भएका छन्।
लुइजले जनवरीमा फ्री ट्रान्सफरको माध्यमद्वारा फोर्टालेजामा सामेल भएका थिए भने सबै प्रतियोगिताहरूमा केवल 16 म्याच खेलेका थिए। उनको अनुबन्ध दिसम्बर 2026 सम्म थियो, जसमा 12 महिनाको विस्तारको विकल्प पनि सामेल थियो।
डेविड लुइजले ब्राजीलको राष्ट्रिय टीमको लागि 57 म्याच खेलेका छन्। उनले बेनफिका, चेल्सी, पेरिस सेन्ट जर्मेन, आर्सेनल र फ्लेमेंगो जस्ता दिग्गज क्लबहरूसॅंग खेलेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी