बर्मिङ्घम, 03 अगस्त (हि.स.)। वर्ल्ड च्याम्पियन्स अफ् लीजेन्ड्स 2025 को दोस्रो सीजनको फाइनल भिडन्तमा साउथ अफ्रीका च्याम्पियन्सको टीमले पाकिस्तान च्याम्पियन्सलाई 9 विकेटले एकतर्फी पराजित गरेर उपाधि आफ्नो नाम गरेको छ। साउथ अफ्रीका च्याम्पियन्सका क्याप्टन एबी डिविलियर्स 'प्लेयर अफ् द म्याच' बने, जसले लक्ष्यलाई पछ्याउॅंदै केवल 60 बलमा 120 रन बनाए। दुई दलबीच यो अन्तिम भिडन्त बर्मिङ्घमको एजबेस्टन मैदानमा खेलिएको थियो।
डब्ल्यूसीएल 2025 को फाइनल स्पर्धामा साउथ अफ्रीका च्याम्पियन्सको टीमले पाकिस्तान च्याम्पियन्स विरुद्ध 16.5 ओभरमा केवल एक विकेट गुमाएर 196 रनको लक्ष्यलाई हासिल गर्दै उपाधित जितेको छ। डिविलियर्सले उत्कृष्ट 120 रनको पारी खेले, जसमा 12 चौका र 7 छक्का सामेल छन्। यसैगरी, डुमिनीले 50 रनको आकर्षक पारी खेले।
यस अघि पाकिस्तान च्याम्पियन्स टीमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लियो। ओपनर शरजील खानले 76 रनको पारी खेले भने उमर अमीनले 36 रन बनाए। पाकिस्तान च्याम्पियन्सले साउथ अफ्रीका च्याम्पियन्स समक्ष 196 रनको लक्ष्य राखेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी