कोलकाता, 30 अगस्त (हि.स.)। प्रवर्तन निदेशालय (ईडी)-ले लोकप्रिय बंगाली अभिनेता अंकुश हाजरालाई अवैध अनलाइन बेटिंग एप्सको प्रचारमा संलिप्त रहेको आरोपमा समन जारी गरेको छ। उनलाई आगामी 16 सेप्टेम्बरमा सल्ट लेकस्थित ईडीको सीजीओ कम्प्लेक्स कार्यालयमा पेश हुन भनिएको छ।
सूत्र मुताविक बेटिंग एप कम्पनीहरूले फिल्मी तारा तथा खेलाड़ीहरूको सोशल मीडिया प्लेटफर्मलाई प्रयोग गरी आफ्नो एप तथा वेबसाइटलाई प्रमोट गर्दछन्। यस प्रकारको विज्ञापनबाट आम जनता प्रभावित हुन्छन्। आरोप छ, यसको प्रचार गरेको सट्टामा फिल्मी तारालाई मोटो धनराशि दिइयो जसबाट करोड़ौं रुपियाँको अवैध लेनदेन भयो। भनिन्छ, यो पैसालाई हवालाको माध्यमबाट यता-उता गरियो ताकि जाँच एजेन्सीको नजरबाट बच्न सकियोस्।
अंकुश हाजरा यस मामिलामा ईडीको जाँचको सामना गर्ने पहिलो बंगाली अभिनेता हुन्छ। तथापि अहिलेसम्म उनले यस समनको बारेमा कुनै प्रतिक्रिया दिएका छैनन्। यसपूर्व बलीवुड र दक्षिण भारतीय फिल्मका चर्चि कलाकारहरू जस्तै विजय देवरकोंडा, राणा दग्गुबाती, प्रकाश राज, उर्वशी रौतेला औ क्रिकेटर हरभजन सिंह एवं सुरेश रैना जाँच एजेन्सीको रडारमा परिसकेका छन्। पछिल्लो वर्ष हरभजन र रैनाले ईडी समक्ष आफ्नो बयान दर्ता गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा