गुवाहाटी, 30 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले स्पष्ट पारेका छन्, राज्य सरकारको बेदखली कारबाही आगामी दिनमा पनि जारी रहनेछ। उनले यो पनि भने, उनको सरकारले असमलाई कुनै पनि स्थितिमा कट्टरपंथी इस्लामी राज्य-मा परिणत हुने अनुमति दिनेछैन।
मुख्यमन्त्री सरमाले शनिवार दिसपुरस्थित लोकसेवा भवनमा आयोजित सम्वाददाता सम्मेलनलाई सम्बोधन गर्दै भने, मदनी जस्ता मानिसहरूले सदैव भाजपाको विरोध गर्नेछन्। उनले दाबी गरे, बितेको 15 दिनभित्रमा हर्ष मन्दर सहित केही सामाजिक कार्यकर्ता तथा शाहीन बागसित जोड़िएका मानिसहरू असममा आएका छन्। उनले भने, यी मानिसहरू कुनै पनि गतिविधि गर्ने चेष्टा गर्न सक्छन्, तर भाजपा सशक्त छ र यसलाई हल्लाउन पनि सक्दैन।
मुख्यमन्त्री सरमाले यो पनि स्पष्ट पारे, सरकारको योजना बेदखलीसम्म मात्र सीमित रहनेछैन। उनले भने, अघिल्लो चरणमा एनआरसीमाथि काम हुनेछ। हाम्रो लकारको लामो एजेण्डा छ जसले असमको पहिचान परिवर्तन गर्ने विचारधाराको सामना गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा