तृणमूल सांसदको गृहमन्त्रीमाथि टिप्पणी घोर निन्दनीय- आदित्यनाथ
योगी


लखनऊ, 30 अगस्त (हि.स.)। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तृणमूल कांग्रेस सांसद महुआ मोइत्राको केन्द्रिय गृहमन्त्री अमित शाहमाथि टिप्पणीको तीखो आलोचना गरेका छन्।

मुख्यमन्त्री योगीले शनिवार एक्स पोस्टमा लेखेका छन्, गृहमन्त्री अमित शाहमाथि तृणमूल सांसदद्वारा गरिएको असंसदीय र आपत्तिजनक टिप्पणी अक्षम्य तथा घोर निन्दनीय हो। तृणमूल कांग्रेसको राजनीतिक कुसंस्कारहरूलाई प्रकट गर्ने यो टिप्पणी भारतीय लोकतान्त्रिक मूल्यहरूमाथि विश्वास गर्ने प्रत्येक भारतीयको अपमान हो। तृणमूल कांग्रेसले यस अभद्र टिप्पणीको निम्ति अविलम्ब सारा देशसित माफी माग्नुपर्छ।

एक भाइरल भीडियोमा सांसद मोइत्राले भनिरहेकी छन् कि घुसपैठ रोक्नु गृह मन्त्रालयको जिम्मेवारी हो, जसमा गृहमन्त्री अमित शाह विफल रहेका छन्। यसैले उनको शिर काटेर प्रधानमन्त्रीको टेबलमा राखिनुपर्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande