भिड़न्तमा 25 हजार इनामी गोली लागेर घाइते
भिड़न्तमा 25 हजार इनामी गोली लागेर घाइते


प्रय़ागराज, 31 अगस्त (हि.स.)। उप्रको प्रयागराज जिल्ला स्थित फाफामऊ बेला कछारमा आइतवार भोर बिहान भएको भिड़न्तमा पच्चीस हजार ईनामी बदमाश गोली लागेर घाइते भयो। पुलिसले उसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराएको छ। घाइते बदमाश सामूहित दुष्कर्म मामिलामा वांछित थियो। यो जानकारी पुलिस उपायुक्त गंगानगर कुलदीप सिंह गुनावतले दिए।

उनले बताए, बदमाशको पहिचान प्रयागराजको मऊआइमा थाना क्षेत्रको गदियानी गाउँ निवासी अनिल भारतीया उर्फ बरसाती पुत्र रामफेर भारतीयाको रूपमा गरिएको छ। आरोपी फाफामऊको कर्जन पुल निकट सामूहिक दुष्कर्म मामिलामा वांछित थियो। उसको गिरफ्तारीको निम्ति पच्चीस हजारको पुरस्कार घोषित गरिएको थियो। पुलिसटीमले उदेखि एक पेस्तोल, दुई खोखा कारतूस र एक बिना नम्बरको मोटरसाइकल जफत गरेको छ।

अपराधीहरू विरूद्ध चलाइरहेको अभियान अन्तर्गत फाफामऊ र एसओजी सर्विलान्स सेल गंगानगरको संयुक्त पुलिस टीमले मलाक हरहर बेला कठार नजिक रोडमा थाना फाफामऊ क्षेत्रान्तर्गत केही दिन अगाड़ी कर्जन पुल नजिक भएको दुष्कर्मसित सम्बन्धित एक अभियुक्त जसमाथि 25 हजार रूपियाँको पुरस्कार छ, उसलाई साझँ देखिएको खबर पायो। उक्त सूचनामा तत्काल थाना फाफामऊ र एसओजी एवं सर्विलान्स सेल गंगानगरको संयुक्त पुलिस टीम उक्त स्थानमा पुग्दा पुलिसलाई आफूतिर आएको देखेर संदिग्ध मोटरसाइलमा भाग्न थाल्यो, जसमा पुलिसले उसलाई पछ्यायो तथा घेराबन्दी गरियो।

आफूलाई घेरिएको देखेर संदिग्धले घटनास्थलमा गोलीबारी गऱ्यो। पुलिसले जवाबी कारबाही उसको खुट्टामा गोली लाग्यो। उसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरिएको छ। उ विरूद्ध विधिक कारबाही गर्दै जेल पठाइनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande