उत्तरकाशी, 06 अगस्त (हि.स.)। उत्तरकाशीको धराली क्षेत्रमा आएको भीषण प्राकृतिक आपदाको दृष्टिगत मुख्यमन्त्री पुष्कर सिंह धामीले बुधवार जिल्ला स्थित आपदा नियन्त्रण कक्षबाट राहत एवं बचाउ कार्यहरूको गहन समीक्षा गरे। यस अवधि मुख्यमन्त्रीले राहत कार्यहरूमा अझ् तीव्रता ल्याउने निर्देश दिँदै भने, सरकार प्रत्येक प्रभावित नागरिकसम्म सहायता पुऱ्याउन संकल्पित छ।
मुख्यमन्त्री धामीले प्रदेशका वरिष्ठ प्रशासनिक अधिकारीहरू एवं सेनाका प्रतिनिधिहरूसित स्थितिको जानकारी प्राप्त गरे औं उनीहरूलाई राहत कार्यहरूलाई तीव्र गतिमा अघि बढ़ाउने निर्देश दिए। मुख्यमन्त्रीले भने, राहत र बचाउ कार्य युद्धस्तरमा शुरू गरिएको छ। भारतीय वायुसेनाको चिनूक र एमआई-17 हेरीकप्टर पूर्ण रूपमा तयार स्थितिमा छ ताकि आवश्यकतानुसार शीघ्र कारबाही सुनिश्चित गर्नसकियोस्।
मुख्यमन्त्रीले बताए, क्षेत्रमा रेस्क्यू र मेडिकल क्याम्पसको स्थापना गरिएको छ। प्रभावितहरूका लागि भोजन एवं आवश्यक सामग्रीको समुचित व्यवस्था सुनिश्चित गरिँदैछ। राज्य सरकारले राहत कार्यहरूलाई प्राथमिकता दिँदै प्रत्येक प्रभावित नागरिकसम्म सहायता पुऱ्याउन तीव्र गतिमा कार्य गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी