नयाँ दिल्ली, 06 अगस्त (हि.स.)। कांग्रेस अध्य़क्ष मल्लिकार्जुन खरगेले बिहारमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) को नाममा दलितहरू, पछौटे, आदिवासीहरू र अल्पसंख्यकहरूको भोट काटिएको आरोप लगाएका छन्। प्रवासी मजदूरहरूको भोट पनि सूचीबाट हटाइँदैछ, जुन उनीहरूको संवैधानिक अधिकारहरूको हनन हो।
कांग्रेस अध्यक्ष खरगेले यहाँको विजय चौकमा इन्डी गठबन्धनको बैठकलाई सम्बोधित गर्दै भने, विपक्षी दलले एसआईआरमा लगातार संसदमा चर्चाको माग गरिरहेको छ तर सरकारले यसलाई अदेखा गरिरहेको छ। यदि सरकारले यस गम्भीर विषयमा पनि छलफल गर्नदेखि जोगिन चाहन्छ भने सरकारले संविधान र लोकतन्त्रमा विश्वास राख्दैन भन्ने स्पष्ट हुनेछ। एसआईआरमाथि छलफल धेरै नै जरूरी छ किनभने यो सोझो नागरिकहरूको अधिकारहरूसित जोड़िएको मामिला हो। सबै विपक्षी पार्टीहरू एकजुट भएर लोकसभाका स्पीरक, राज्यसभाका सभापति र सरकारसित यस विषयमा बहसको माग गरिरहेक छन् तर कुनै सुनवाई भइरहेको छैन।
खरगेले भने, 21 जुलाई 2023 मा राज्य़सभाका तत्कालीन सभापति जगदीप धनखड़ले भनेका थिए, सदनमा धरतीमा भइऱहेको हरेक कुरामाथि छलफल हुनसक्छ तर अब भनिन्दैछ कि एसआईआर र चुनाउ आयोगसित जोड़िएको विषयमा चर्चा हुनसक्दैन, जुन चिन्ताजनक हो।
हिन्दुस्थान समाचार / भवानी थामी