झारखण्डः कुख्यात नक्सली कमान्डर केरकेट्टा भिड़न्तमा मारियो
झारखण्डः कुख्यात नक्सली कमान्डर केरकेट्टा भिड़न्तमा मारियो


रांची, 06 अगस्त (हि.स.)। झारखण्डको गुमला जिल्लाको पुलिसलाई ठूलो सफलता हात लागेको छ। पुलिसले मंगलवार अबेर राति पीपल्स लिबरेशन फ्रन्ट अफ इण्डिया (पीएलएफआई) को कमान्डर मार्टिन केरकेट्टालाई मारेको छ। केरकेट्टामाथि 15 लाख रूपियाँको पुरस्कार पनि घोषित थियो। गुमला जिल्लाको कामडारा थाना क्षेत्रको पारही जंगलको चंगाबाड़ीमा भएको भिड़न्तमा उदेखि हतियार पनि जफत गरिएको छ।

एसपी हरिश बिन जमालाई कामडारा थाना क्षेत्रको चंगाबाड़ी ऊपरटोलीमा पीएलएफआई उग्रवादीको लुकेको हुनसक्ने सूचना प्राप्त भएको थियो। यसको आधारमा एक टीम गठन गरी अभियान शुरू गरियो।

जस्तै पुलिसको टीम घटनास्थलमा पुग्यो उग्रवादीहरूले उनीहरूमाथि गोलीबारी शुरू गरे। यसपछि पुलिस टीमले पनि जवाबी गोलीबारी गऱ्यो। सोही अवधि पीएलएफआई उग्रवादी संगठनको कमान्डर मार्टिन केरकेट्टा मारियो। पुलिसले अहिलेपनि क्षेत्रमा सर्च अपरेशन चलाइरहेको छ किनभने 12 भन्दा अधिक उग्रवादी मार्टिनको साथ थिए र भिड़न्तपछि सबै यता-उता भागेका छन्। पुलिस उग्रवादीहरूको घेराबन्दी गर्नमा जुटेको छ। अन्य उग्रवादीहरूलाई पनि गोली लागेको सूचना छ किनभने पुलिसले घटनास्थलमा रगतको निशान भेटाएको छ। अपरेशन टीममा गुमला जिल्लाको क्यूआरटी र दुई थाना क्षेत्रका साथै स्थानीय थाना बल पनि सामेल थियो।

मार्टिन केरकेट्टा मूल रूपमा गुमला जिल्लाको कामडाराको रेड़मा गाउँको निवासी थियो। पीएलएफआई सुप्रीमो दिनेश गोप पक्रा परेपछि उमाथि संगठनको जिम्मेवार थियो। उ पीएलएफआईको केन्द्रिय समितिको सदस्य पनि थियो। मार्टिन शुरुआती दिनहरूदेखि नै दिनेश गोपको साथ रहेको थियो। दुवै सानोमा लापुंगको महुगाउँ स्थित स्कूलमा एकसाथ पढ़ेका थिए। पछि दुवैले एकसाथ संगठनको विस्तार पनि गरे। मार्टिन धेरै घटनाहरूमा दिनेश गोपको साथ सामेल रहेको छ। सरकारले उमाथि 15 लाख रूपियाँको पुरस्कार राखेको थियो। टेरर फण्डिङ मामिलामा एनआईएले पीएलएफआईको कुख्यात मार्टिन केरकेट्टामाथि केस दर्ता गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande