कैलाश मानसरोवर यात्रा रोकियो, फेरि भारी वर्षाको अलर्ट
कैलाश


हल्द्वानी, 06 अगस्त (हि.स.)। कुमाऊं मण्डलमा गत दिनदेखि लगातार भारी वर्षाले जनजीवन अस्त-व्यस्त छ। भारी वर्षाको कारण कैलाश मानसरोवर यात्रा रोकिएको छ। यहीबीच मौसम विभागले फेरि आगामी 24 घण्टा कुमाऊंको छह जिल्लामा अत्यन्त भारी वर्षाको अलर्ट जारी गरेको छ।

कुमाऊं मण्डलका आय़ुक्त दीपक रावतले बुधवार बताए, कैलाश मानसरोवर यात्रालाई स्थिति सामान्य हुञ्जेलसम्म रोकिएको छ। यात्राको चौथो दल धारचूलासम्म त सुरक्षित पुगेको छ तर धारचूलादेखि लिपुलेखबीच लगातार पैह्रोको कारण सुरक्षाको दृष्टिले यात्रालाई त्यही रोकिएको छ। यात्रा दललाई छिट्टै नै बून्दी वा गुंजी सुरक्षित पुऱ्याइने प्रशासनको प्रयास छ।

कुमाऊंको जीवनरेखा मानिने सड़कहरूमा वर्षाको सबैभन्दा अधिक प्रभाव परेको छ। कुमाऊं कमिश्नरले बताए, पूरा मण्डलमा 71 सड़क बन्द छ, जसलाई खोल्ने कार्य युद्धस्तरमा जारी छ। नैनीताल जिल्लामा तीन राष्ट्रिय राजमार्ग पनि बन्द छन्, जसबाट यातायात पूर्ण रूपमा बाधित छ। मैदानी क्षेत्रहरूमा पानी जमा हुने स्थिति पनि गम्भीर बन्दै गइऱहेको छ। बाजपुरमा पानी भर्दा जनजीवन प्रभावित छ र धेरै क्षेत्रहरूमा घरहरूमा पानी पसेको छ।

यहीबीच पिथौरागढ़ जिल्लाको क्वीटी गाउँमा भारी वर्षाको कारण 8 घर क्षतिग्रस्त भएको सूचना छ, यद्यपि, कुनै प्रकारको जनहानि भएको छैन। कुमाऊं मण्डलका सबै जिल्लाधिकारीहरूलाई अलर्ट गरिएको छ र स्थितिमाथि लगातार नजर राखिँदैछ। एनएच, लोक निर्माण विभाग र आपदा प्रबन्धन टीमहरू लगातार घटनास्थलमा कार्यरत छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande